‘के साह्रो राम्री चोलीमा’
काठमाडौं : नयाँ वर्षको कोसेलीस्वरूप दर्शक, श्रोताका लागि गायिका मीना राई र गायक आङगेलु शेर्पाको स्वर समेटिएको ‘के साह्रो राम्री चोलीमा’ बोलको भिडियोसार्वजनिक गरिएको छ।
मीना राईको शब्द, संगीत रहेको गीतमा केकी अधिकारी, उमेश राई ‘फुलन्देकी आमा’ आदिको अभिनय छ। अनिल कोय राईको निर्देशन रहेको भिडियोमा सुरेन्द्र बसेलको कोरियोग्राफी, राजु कार्कीको एरेन्ज, अमृत चापागाईंको सम्पादन र दिनेश पराजुलीको छायांकन रहेको छ।
पूर्वेली मारुनी सेलो भाकामा आधारित रहेकोले भिडियो दर्शक, श्रोताले मनपराउने गायिका राईको विश्वास छ।