‘स्टार अफ द मिलिनियममा २० प्रतियोगी
काठमाडौं :‘स्टार अफ द मिलिनियम–२०२१’ छानिने भएको छ। यसका लागि अन्तिम प्रतिस्पर्धामा भिड्न २० प्रतियोगी छनोट भएका छन्। राजधानीमा आयोजित प्रारम्भिक चरणको अडिसनमा ७० बढीको सहभागिता थियो। अडिसनबाट छानिएका प्रतियोगीहरू अन्तिम स्पर्धाका लागि प्रशिक्षणमा जुट्नेछन्।
रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले आयोजना गर्न लागेको प्रतिस्पर्धामा १८ देखि ३० वर्षसम्मका विवाहित तथा अविवाहित महिला सहभागी हुनेछन्। प्रारम्भिक अडिसनबाट छानिएका प्रतियोगीलाई र्याम्प वाक, व्यक्तित्व विकास, सञ्चारकला, फोटोसेसन, स्टेज प्रस्तुति, पब्लिक स्पिकिङ, हेल्थ टिप्स, महिला सशक्तीकरणको प्रशिक्षणसहित अन्तिम स्पर्धामा उतारिनेछन्।
व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, क्षमता उजागरलगायत नेतृत्वदायी क्षमताको विकास गरी राष्ट्र र समाजका लागि योग्य महिला बनाउने उद्देश्य प्रतियोगिताको रहेको आयोजक रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीका प्रबन्ध निर्देशक तथा अन्तर्राष्ट्रिय कोरियोग्राफर राज फैजुले बताए।
आगामी जेठ १ गते राष्ट्रिय नाचघरमा फाइनलस्पर्धा आयोजना हुने छ।
शीर्षसहित आधादर्जन विजेता छानिने प्रतियोगिताका विजेताले विभिन्न अवसर र गिफ्ट ह्याम्पर पुरस्कारस्वरूपप्राप्त गर्नेछन्। प्रतियोगिताको फेसन डिजाइनर श्रीषा बैदार फैजु रहेकी छन् भने कोरियोग्राफी राज फैजुले
नै गर्नेछन्।