म्यानमारमा २३ हजार भन्दा धेरै बन्दी रिहा गरिँदै
नपिद्व: म्यानमारको सैन्य सरकारले बुद्धिस्ट नयाँ वर्षको अवसरमा २३ हजार जना भन्दा धेरै बन्दीहरुलाई एकै पटक रिहा गर्दै छ ।
देशभरबाट उक्त संख्यामा बन्दीहरुलाई रिहा गर्न लागेको हो । यद्यपि सेनाले पत्रकारसहित सैन्य कू विरोधी प्रदर्शनकारीहरुलाई पक्राउ गर्ने र हिरासतमा राख्ने क्रम जारी राखेको छ ।
गत फेब्रुअरी १ मा यहाँको सेनाले सत्ता कब्जा गरेपछि नै निरन्तर रुपमा देशभर प्रदर्शन जारी छ । साथै सुरक्षाकर्मीले पनि ३ हजार १ सय भन्दा धेरै प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।
अधिकारीहरुका अनुसार शनिबार २३ हजार भन्दा धेरै बन्दीलाई रिहा गरिने भएको हो । गत फेब्रुअरीमा पनि जुन्ताले ठूलो संख्यामा बन्दीलाई रिहा गरेको थियो ।
२०२० को नोभेम्बरमा भएको निर्वाचन धाँधलीपूर्ण भन्दै फेब्रुअरी १ मा म्यानमारको सेनाले सत्ता कब्जा गरेको थियो । तर सेनाको यस्तो गतिविधिप्रति विश्वका विभिन्न देशले आलोचना गरेका छन् ।