क्युबाली कम्युनिस्ट नेता राउलले ८९ वर्षको उमेरमा नयाँ पुस्तालाई सत्ता हस्तान्तरण गरे

क्युबाली कम्युनिस्ट नेता राउलले ८९ वर्षको उमेरमा नयाँ पुस्तालाई सत्ता हस्तान्तरण गरे

हबाना: क्युबाका राष्ट्रपति एवं कम्युनिस्ट पार्टीका नेता राउल क्यास्त्रोले शासन नयाँ पुस्तालाई हस्तान्तरण गरेका छन् । क्युबामा फिडेल र राउल दाजुभाइको ६ दशकको शासनकाल यससँगै अन्त्य भएको छ ।

राउलले आफ्ना दाजु फिडेल क्यास्त्रोपछि देशको शासनसत्ता सम्हालेका थिए । राउलले यही शुक्रबार आफ्नो कम्युनिस्ट पार्टीका युवा पुस्तालाई शासन सुम्पिने घोषणा गरेका हुन् ।

पार्टीको चारदिने कार्यक्रमलाई सम्बोधन गर्दै ८९ वर्षीय राउलले आफ्नो पार्टीको नयाँ नेतृत्व पार्टीप्रति वफादार र साम्राज्यवादविरोधी भावनाले ओतप्रोत भएको प्रतिक्रिया दिएका थिए ।

क्युबामा सत्तारुढ कम्युनिस्ट पार्टीको महाधिवेशन हरेक ५ वर्षमा हुने गर्छ । र उक्त अधिवेशनले नीति समीक्षा गर्नुका साथै नेतृत्व चयन गर्छ । यसअघि २०१६ मा महाधिवेशन भएको थियो ।

सोभियत संघको पतनपछि क्युबाका नयाँ नेतृत्वले खराब आर्थिक संकटको सामना गर्नुपरेको छ । जुन संकटले गर्दा क्युबाली युवाहरुमा निराशा र आक्रोश पैदा गरिदिएको बताइन्छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.