फेस अफ किड्सलाई सम्मान
काठमाडौं : फेस अफ स्मार्ट किड्स–२०२१ को उपाधि जितेका आश्रुत्य घिमिरे र परिधि पाण्डेलाई राजधानीमा सम्मान गरिएको छ। प्रतियोगितामा घिमिरेले मुख्य उपाधिसहित मल्टिमिडिया च्वाइस तथा पाण्डेले मुख्य उपाधिसहित भ्युअर्स च्वाइस, मल्टिमिडिया, बेस्ट ड्रेस, मिस ट्यालेन्ट, मोस्ट इन्टलिजेन्टको सबटाइटलसमेत हात पार्न सफल भएका थिए।
त्यसैगरी गल्र्सतर्फ क्रिस्टल रुम्बाले फस्र्ट रनरअपसहित मोस्ट इन्नोसेन्ट र मोस्ट क्युट, अनिषा भट्टले मोस्ट इन्टलिजेन्ट र बेस्ट फोटोजेनिक तथा मेरिका राईले बेस्ट वाकको सबटाइटल हात पारेका थिए। यस्तै स्वराज सापकोटाले फस्र्ट रनरअपसहित भ्युअर्स च्वाइस र आरनेस सिम्खडाले बेस्ट फोटोजेनिक तथा बेस्ट ड्रेसको सबटाइटल जितेका थिए।
सम्मान कार्यक्रममा निर्णायक धीरज तण्डुकार, राधा ढकाल र सपना भेटवालले विजेतालाई केक खुवाउँदै खादा ओडाएका थिए। युथ क्रिएसन नेपालको आयोजनामा भएको प्रतियोगितमा फेसन सो पनि गरिएको थियो। नेपालका चर्चित मोडलहरू दीपक घिमिरे, मेघना मगर, सोनु गिरीलगायतले र्याम्प नापेका थिए। कार्यक्रमका मुख्य अतिथि वरिष्ठ कलाकार उत्तम केसीले केक काटेका थिए। युथ क्रिएसका प्रमुख रवि लामा तामाङले नव वर्ष २०७८ को अवसरमा कार्यक्रम आयोजना गरिएको बताए।