पश्चिम नवलपरासीमा कोरोना संक्रमण जोखिम बढ्यो

पश्चिम नवलपरासीमा कोरोना संक्रमण जोखिम बढ्यो

परासी :  पश्चिम नवलपरासीमा कोरोना संक्रमणको जोखिम बढ्दो छ । भारतको उत्तर प्रदेश र बिहार राज्यसँग सीमा जोडिएका कारण पनि जिल्लामा संक्रमणको जोखिम बढ्दो देखिएको हो । 

सीमा क्षेत्रका मुख्य नाकाबाट आवतजावत गर्न नदिए पनि सुरक्षाकर्मीले नै वैकल्पिक बाटो प्रयोग गरेर आवतजावत गर्नेहरुलाई छाडिदिदा जोखिम झन बढ्दो देखिएको हो । दोस्रो चरणको कोरोनाको प्रकोप बढि रहँदा यो जिल्लामा पनि संक्रमितको संख्या बढ्दो छ । हप्ता दिनको अवधिमा १५ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयका प्रमुख कृष्ण प्रसाद पोखरेलले बताए । यो क्रम दिनहुँ बढ्दो रहेको उनले बताए । दोस्रो चरणमा देखिएको संक्रमणका कारण दुईजनाको मृत्यु भएको पोखरेलले जानकारी दिए । 

पछिल्लो पटक शनिबार कोरोना संक्रमणका कारण रामग्राम नगरपालिका–३ की ७१ वर्षीया वृद्धाको मृत्यु भएको छ । मुटु र ब्लड प्रेसरकी बिमारी रहेकी ति वृद्धाको घरमै मृत्यु भएको थियो । मृत्युपछि गरिएको कोरोना परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको थियो । 

उनको शवलाई स्वास्थ्य कार्यालय र नेपाली सेनाको टोलीले स्थानीय झरही खोलामा व्यवस्थपन गरेको थियो । यसअघि सुनवलका एक पुरुषको मृत्यु भएको थियो । पहिलो र दोस्रो चरणमा गरी कोरोना संक्रमणबाट ३५ जनाको मृत्यु भएको छ । भने संक्रमितको संख्या १४ सय ५८ पुगेको छ । 

शव व्यवस्थापनमा समस्या

स्थानीय निकायहरुले जग्गाको व्यवस्था गर्न नसक्दा शव व्यवस्थापनमा समस्या देखिएको छ । ७ स्थानीय तहहरुले अहिलेसम्म शव व्यवस्थापनका लागि जग्गा व्यवस्थापन गर्न सकेका छैनन् । जसका कारण होम क्वारेन्टाइनमा रहेका संक्रमितको मृत्यु भएपछि व्यवस्थापनमा लामो समय लाग्ने गरेको छ । 

शनिबार राति मृत्यु भएकी रामग्राम नगरपालिका–३ की ७१ वर्षीया वृद्धाको शव व्यवस्थापन १६ घण्टापछि मात्र भएको थियो । शव व्यवस्थापनका लागि उचित स्थानको खोजी नगर्दा खोला छेउ र जंगल क्षेत्रमा शव लैजाने क्रममा स्थानीयहरुले बिरोध गर्ने गरेका छन् । 

जसका कारण हतारमा शव व्यवस्थापन गर्नुपर्ने बाध्यता रहेको छ । यसैबीच जिल्लामा शव बहान नहुँदा मृत्यु भएका संक्रमितहरुलाई एम्बुलेन्समा राखेर लैजानु पर्ने अर्को बाध्यता छ । 

संक्रमितको संख्या बढ्दै गएपनि स्थानीय तहहरुले क्वारेन्टाइन र आइसोलेसन बनाउने तर्फ ध्यान दिएका छैनन् । प्रमुख जिल्ला अधिकारी धर्मेन्द मिश्रले आफू भर्खरै सरुवा भएर आएकाले केही दिनमा जग्गा व्यवस्थापन र आइसोलेसनका लागि स्थानीय तहका प्रमुखहरुसँग बसेर छलफल गर्ने बताए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.