लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता
लुम्बिनी : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। ४१ जना सांसदको हस्ताक्षर गरेको उक्ता प्रस्ताव लुम्बिनी प्रदेश सभा संसद् सचिवालयमा दर्ता भएको हो।
उनीहरुले नयाँ मुख्यमन्त्रीमा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई प्रस्ताव गरेका छन्।
कांग्रेस, माओवादी केन्द्र र जसपाका सांसदले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको कांग्रेसका प्रमुख सचेतक ठकुरधीन खानले जानकारी दिए। प्रदेशमा एमालेका ४१ जना, नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १७, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका १ जना सांसद छन्। यहाँ नयाँ सरकार बनाउन ४३ प्रदेशसभा सदस्य चाहिन्छ ।
यसअघि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङविरूद्ध पनि कांग्रेस, माओवादी केन्द्र र जसपाले अविश्वास प्रस्ताव दर्ता गरेका थिए।