अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका तीन सांसद मन्त्री बने,आजै सपथ
बुटवल : लुम्बिनी प्रदेश सरकारमा चारजना मन्त्री थपिएका छन् । अहिले प्रदेश प्रमुख धर्मनाथ यादवले मन्त्रीको शपथ गराउँदैछन् । मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविस्वास प्रस्ताव दर्ता गरेको दुईघण्टा नबित्दै जनता समाजवादी पार्टीका सांसदहरु पोखरेल नेतृत्वकै सरकारमा सहभागी हुने भएका हुन् ।
माओवादी केन्द्रका दुईजना मन्त्रीले राजीनामा दिएपछि रिक्त रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालय र सामाजिक विकास मन्त्रालयसँगै अन्य दुई मन्त्रालयमा नयाँ मन्त्री नियुक्ति भएका हुन् ।
लुम्विनी प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय विभाजन गरेर अरु २ मन्त्रालय बनाउने तयारी रहेको छ । अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका जसपाका सांसद विजय यादव सन्तोष पाण्डे, कल्पना पाण्डे र सुमन रायमाझी मन्त्री बन्ने भएका हुन् । यिनीहरुले अहिले सपथ लिँदैछन्।