नेपालमा अफ्रिकाका फिल्म

नेपालमा अफ्रिकाका फिल्म

काठमाडौं : ‘नेपाल अफ्रिका फिल्म फेस्टिबल–२०२१’ वैशाख १० देखि १२ गतेसम्म काठमाडौंमा आयोजना हुने भएको छ। फेस्टिबलको यो नवौं संस्करण हो।  

कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेसनको आयोजनामा यो महोत्सब हुँदै आएको छ। महोत्सबमा नेपाल र अफ्रिकाको सिनेमा एवं सँस्कृतिका बारेमा एक दिने बहस हुनेछ। बहसमा नेपाल र अफ्रिकाबाट आएका सिनेकर्मीले कार्यपत्र प्रस्तुत गर्नेछन्। 

महोत्सब अध्यक्ष डा. मञ्जु मिश्रले नेपाल र अफ्रिकी महाद्विपलाई चलचित्रको माध्यमबाट साँस्कृतिक रूपमा जोड्ने बताइन्। मिश्रका अनुसार यो वर्ष कोभिडले पारेको नेपाली र अफ्रिकी सिनेमा बजारको प्रभावबारे पनि कार्यशालामा बहस हुनेछ। अफ्रिकी मुलुकका सिनेमा निर्माण शैली र नेपाली सिनेमा निर्माण शैली, नेपाली सिनेमामा साँस्कृतिक अवस्थालगायतका विषयमा पनि बहस हुनेछ। महोत्सबको अन्तिम दिन वैशाख १२ गते विहान १०ः३० बजेबाट दिउँसो ३ बजेसम्म नेपाली र अफ्रिकी चलचित्रबारे बहस हुने पनि अध्यक्ष मिश्रले जानकारी गराएकी छन्। 

नेपाल अफ्रिका फिल्म फेस्टिबलका निर्देशक डब्बु क्षत्रीका अनुसार महोत्सबमा नेपालबाट सतवटा चलचित्र चयन भएका छन्। यसमा एउटा वृत्तचित्र र बाँकी लघु चलचित्र छन्। नेपालबाट चयन भएका चलचित्रमा निर्देशक गणेश पाण्डेको को हज्बेन्ड, निर्देशक हिमाल उप्रेतीको आमा, निर्देशक माधवराज खरेलको दुर्गामान्डु, गणेशजंग रावलको सम्साया, सजल लोप्चनको गाइड, पुरुषोत्तम बस्नेतको सुरक्षा, निपिल शर्माको द फाइनल फेयरवेल र युनिषराज उप्रेतीको बाटोमा रहेका छन्। 

नेपाल र अफ्रिकाका विभिन्न मुलुकबाट प्राप्त भएका करिब ७० वटा चलचित्रमध्येबाट महोत्सबको चलचित्र निर्णायक समूहले १८ वटा चलचित्र चयन गरेको छ। महोत्सबका बाँकी चलचित्र अफ्रिकी मुलुकबाट चयन भएका हुन्। यसमा जिम्बावेबाट गुड म्यान, थन्डिज् डायरी, इजिप्टबाट बबल्स्, ड्राई हट समर, एक्जिट र द स्पारो किड्स रहेका छन्। यस्तै निमिभिया÷ब्राजिलबाट बडी गेम्स, स्विट्जरल्यान्ड र रुवान्डाबाट इम्फुरा, तान्जानियाँ/चीनबाट तजारा र सेनेगलबाट गोल्डेन फिस चयन भएका छन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.