दैलेखमा कोरोना संक्रमण तीव्र, तयारी सुस्त

दैलेखमा कोरोना संक्रमण तीव्र, तयारी सुस्त

दैलेख : भैरबी गाउँपालिकाका एक युवक गत चैत्र अन्तिम साता भारतबाट जन्मथलो फर्किए । दुई महिनाअघि मात्रै उनी मजदुरीका लागि त्यहाँ पुगेका थिए। गुजरात प्रदेशको सुरत सहरबाट फर्किने क्रममा बाँकेको नेपालगञ्जस्थित जमुनाह नाकामा सामान्य सोधपुछ मात्रै भयो । उनी सुर्खेतहुँदै गाउँ पुगे । गाउँ पुगेपछि उनलाई स्वास्थ्य समस्या देखिन थाल्यो । 'एन्टिजेन’ विधिमार्फत कोरोना परीक्षण गर्दा पोजेटिभ देखियो । अहिले उनी दैलेख अस्प्तालको आइसोलेसनमा उपचाररत छन् । 

दुल्लु नगरपालिका–२ नाउलेकटुवालस्थित वडापोखराका ३८ वर्षीय पुरुष गत शुक्रबार जन्मथलो फर्किए । भारतको मुम्बईबाट गाउँ फर्किएका ती पुरुषको शनिबार मृत्यु भयो । घर आइसकेपछि स्वास्थ्यमा गम्भीर समस्या देखिन थालेपछि उनलाई दुल्लु अस्पताल पुर्‍याइएको थियो। अस्पतालले सुर्खेत रिफर गरेपनि अस्पतालमै निधन भयो । भारतमै संक्रमण देखिए पनि उनले कसैलाई भनेका थिएनन् । गम्भीर अवस्थामा अस्पताल पुगेको र सुर्खेत रिफर गरेर लैजान नपाउँदै मृत्यु भएको दुल्लु अस्पतालकी डा. रञ्जना रोकायले बताइन् । 

संक्रमितको मृत्युपछि ५ स्वास्थ्यकर्मी आइसोलेसनमा बसेका छन् । सोही दिन नारायण नगरपालिका–१ की ६७ वर्षीया वृद्धाको नेपालगन्जस्थित भेरी अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

नारायण नगरपालिका–९ बास्कोटका एक महिला उनका ६ महिने शिशु, अहिले दैलेख अस्पतालको आइसोलेसनमा उपचाररत छन् । ती महिलाका श्रीमान भारतबाट फर्किएका थिए । भारतबाट फर्किएका श्रीमानबाट महिला र शिशुमा संक्रमण सरेको हुनसक्ने स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख थीरप्रसाद रेग्मीले बताए । आठबीस नगरपालिका–३ का एक महिला पतिसँगै भारतबाट फर्किइन् । भारतबाट फर्किएको केही दिनमै परीक्षण गर्दा कोरोना संक्रमण देखिएपछि उनी होम आइसोलेसनमै छिन् । 

पछिल्लो समय छिमेकी मुलुक भारतमा कोरोना संक्रमण दिनदिनै तीव्र गतिमा बढिरहेको छ । जसका कारण रोजगारीका लागि भारतका विभिन्न ठाउँमा पुगेका व्यक्तिहरु घर फर्कने क्रममा छन् ।

कोरोना त्रासका कारण घर फर्कनेहरुबाटै कोरोना भाइरस (कोभिड–१९) को जोखिम उच्च छ । ‘जिल्लामा भारतबाट फर्किनेहरुको संख्या उच्च छ, यद्धपी कसैले पनि भारतबाट फर्किएको हुँ भन्दैन, त्यसले पनि जोखिम बढाएको छ,’ स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख थीरप्रसाद रेग्मी भन्छन् । भारतबाट फर्किनेहरुले जिल्ला भित्रिने नाकाहरुमा सरकारी निकायलाई छल्दै जिल्ला भित्रिन थालेका छन् ।

हाल जिल्लामा सक्रिय संक्रतिको संख्या ८ जना छ । ६ महिने शिशुसहित चारजना दैलेख अस्पतालको आइसोलेसनमा छन् भने ४ जना होम आइसोलेसनमा छन् । ती मध्ये अधिकांश संक्रमित भारतबाट फर्किएका हुन् । भारतबाट लुकिछिपी र नाकामा छलेर गाउँ छिर्नेहरुकै कारण समुदायस्तरमा कोरोना संक्रमण फैलिएको छ ।

पीसीआर ल्याब र आइसोलेसन सञ्चालनमा कठिनाइ

भारतमा तीव्र गतिमा बढेको संक्रमणले दैलेख जिल्ला प्रभावित भएपनि रोकथाम, नियन्त्रण र उपचारका लागि गर्नुपर्ने तयारी सुस्त छ । जिल्लाको पीसीआर प्रयोगशाला र आइसोलेसन अस्पताल नै सञ्चालनमा समस्या छ । ‘एकातिर पीसीआर ल्याब सञ्चालनका लागि सरकारले हामीलाई अनुमति छैन, स्वास्थ्य सेवा कार्यालयका निमित्त प्रमुख थीरप्रसाद रेग्मी भन्छन्, ‘अर्कोतर्फ बजेट अभाव छ ।'

यद्धपी पीसीआर ल्याब सञ्चालनमा आफूहरु तयारी अवस्थामा रहेको उनले बताए । जिल्लामा अहिले शंकास्पद् बिरामीलाई एन्टिजेन विधिबाट परीक्षण गर्ने गरिएको छ । कोरोना संक्रमितको उपचारका लागि स्थापना गरिएको आइसोलेसन अस्पताल भने बजेट सुनिश्चिता नहुँदा सञ्चालनमा कठिन भएको छ । हाल उपचाररत विरामीहरुका लागि समेत नियमित हेरचाह र चेकजाँचका लागि स्वास्थ्यकर्मी र कर्मचारी खटाईएको छैन् । बेला–बेला दैलेख अस्पतालका स्वास्थ्यकर्मी र डाक्टरले चेकजाँच गर्ने गरेका छन् । 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.