कञ्चनपुरमा एकैदिन ७९ जनामा कोरोना संक्रमण पुष्टि
महेन्द्रनगर : कञ्चनपुरमा थप ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । महाकाली अस्पतालमा गरिएको पीसीआर परीक्षणमा भीमदत्तनगरपालिकाका २३ जनामा संक्रमण पुष्टि भएको हो । त्यसैगरी एन्टिजेन परीक्षणमा ५६ जनालाई संक्रमण पुष्टि भएको हो । जसमध्ये ३५ जना भारतबाट आएका हुन भने अन्य भीमदत्त नगरपालिकाका स्थानीय हुन् ।
जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका कम्प्युटर अपरेटर महेन्द्रा भट्टका अनुसार हालसम्म जिल्लामा २ सय ५६ जना एन्टिजेन पोजिटिभ छन् भने ८९ जना पीसीआर पोजेटिभ देखिएको हो । जिल्लामा कोरोना संक्रमण दर तीब्र भएपछि भीमदत्तनगरपालिका ९ दिनका लागि विद्यालय बन्द गरेको छ ।