नयाँदिल्लीबाट हङकङ पुगेको विमानका ४९ यात्रु कोरोना संक्रमित

नयाँदिल्लीबाट हङकङ पुगेको विमानका ४९ यात्रु कोरोना संक्रमित

हङकङ: भारतको नयाँदिल्लीबाट हङकङ पुगेको एउटा विमानका ४९ यात्रुलाई कोभिड-१९ को संक्रमण भेटिएको छ ।

भारत पाकिस्तान र फिलिपिन्सबाट दुई सातासम्म उडान प्रतिबन्धपछि खुलाइएको नयाँदिल्लीको उडानमा मंगलबार ती यात्रुहरु संक्रमित भेटिएका हुन् ।

हङकङमा गत जनवरीमा फैलिएको कोरोनाको चौथो लहर नियन्त्रित भइसकेको अवस्थामा भारतीय यात्रुमा एकै पटक संक्रमण देखिएपछि सुरक्षा व्यवस्था थप कडा पारिएको छ ।

हङकङमा कोरोनाको अवस्था नियन्त्रित भइरहँदा भारतमा भने संक्रमण अनियन्त्रित भइसकेको छ । बिरामीको संख्या बढ्न थालेपछि अस्पतालमा समेत उनीहरुको उपचार गर्न सकिएको छैन । कतिपय अस्पतालले बिरामी राख्ने ठाउँ नै नभएको भनेपछि कतिपय सहरमा संक्रमितहरुको बिचल्ली भएको छ ।

मंगलबार दिल्लीको विस्तारा उडानमार्फत हङकङ उडेका १८८ यात्रुमध्ये ४९ जनामा संक्रमण पुष्टि भएको अधिकारीहरुले बताएका छन्। हङकङका अधिकारीहरुले भने विमानमा जम्मा कति यात्रु सवार थिए भन्ने बारे विवरण दिएका छैनन् ।

एकै पटक यति धेरै यात्रुमा कोभिड देखिएपछि उनीहरुलाई हङकङ सरकारको स्वास्थ्य मापदण्ड अनुसार तीन साता क्वारेन्टिनमा राखिने भएको छ । यहाँ विमानमा यात्रा गर्नुअघि पछिल्लो ७२ घण्टासम्म कोभिड परीक्षणको नेगेटिभ रिपोर्ट सार्वजनिक गर्नुपर्ने नियम छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.