औद्योगिक क्षेत्रमा फड्को मार्ने गणेशभक्त साखः

औद्योगिक क्षेत्रमा फड्को मार्ने गणेशभक्त साखः

गणेशभक्त साखः उद्योगी व्यवसायी क्षेत्रमा निक्कै चर्चित र परिचित नाम हो। भक्तपुरनिवासी गणेशभक्त व्यापारिक घरानासँग आवद्ध थिए। बुबा रामभक्त व्यापारमा सक्रिय भएकाले गणेशमा पनि उद्योग र व्यवसायसम्बन्धी गुण विरासतमा प्राप्त भएको थियो। व्यापारिक पारिवारिक वातावरणका कारण उनी सानै उमेरदेखि यो क्षेत्रमा बाबुलाई सघाउन थालेका थिए। यसले गर्दा उद्योग र व्यापारको बारेमा उनी दख्खल मानिएका व्यवसायीमा गनिएका थिए।

उनै प्रसिद्ध उद्योगी गणेशभक्तको ९१ वर्षको उमेरमा हालै असामयिक निधन भयो। उनको निधनले नेपालको उद्योग तथा व्यापार क्षेत्रले ठुलो अपुरणीय क्षति व्यहोर्न बाध्य भयो। चर्चित व्यवसायी सुरेन्द्रवीर मालाकारको दृष्टिमा गणेशभक्त सकारात्मक सोचको धनी भएको पाइन्छ। गणेशभक्तको निधनबाट मुलुकले ऐतिहासिक उद्योगी र व्यवसायी गुमाएको छ। खासगरी उनी भक्तपुर क्षेत्रमा चर्चित र सफल उद्योगी व्यवसायी मानिन्छन्।

गणेशभक्त आफ्नो जीवन नेपालको सफल उद्योग र व्यापारलाई समर्पित गरेका थिए। त्यही भएर उनलाई नेपाल चम्बर अफ कमर्शले चेम्बर दिवस तथा ६७औं वार्षिक साधारण सभाको अवसरमा गणेशभक्त साखःलाई २०७४ सालको लाइफ टाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरेको थियो। चेम्बरको तर्फबाट उपराष्ट्रपति नन्दबहादुर पुनले साखःलाई सम्मान गरेका थिए।

बाबु रामभक्तको सक्रियता र प्रेरणाबाट व्यापारमा प्रवेश गरेका गणेशभक्त सुरुआती समयमा बुबाको कपडाको व्यापारबाट व्यापारिक क्षेत्रमा होमिएका थिए। व्यापारको यात्रा सुरु गरेका उनी पछिल्लो समय व्यावसायिक साम्राज्य विस्तार गरेका थिए। पछिल्लो समयमा उनको व्यापार व्यावसायमा छोरानातीहरू समेत क्रियाशील छन्। तर पनि पहिलो पुस्ताका गणेशभक्तको निधनले खासगरी भक्तपुर क्षेत्रमा पुरानो थातथलो भत्काइदिएको छ।

बाबु रामभक्त जापानबाट कपडा र सिंगापुरबाट ल्वाङ, सुकमेल, मरिचलगायतका सामान आयात गरी व्यापार गर्थे। बुवाको व्यवसायलाई सघाएका उनले पनि सोही पथमा उद्यमी बनायो। गणेशभक्तले बुबाको कपडा व्यवसायमा नयाँ आयाम दिएका थिए। आधुनिक मेसिन भित्र्याएर कपडा व्यवसाय क्षेत्रमा उनले ठूलो व्यावसायिक सफलता प्राप्त गरेका थिए।

कपडा उद्योगका लागि उनले डाइङ, केमिकल आयात गर्थे। चीनबाट लत्ताकपडा, जुत्ता, छाता तथा औद्योगिक कच्चा पदार्थको समेत आयात गरी व्यापार व्यवसायमा रमेका थिए। पारिवारिक वातावरण नै व्यापारिक भएकाले उनलाई उद्योग व्यवसायमा अगाडि बढ्न र सफलता प्राप्त गर्न धेरै समय लागेन। उनले मल्टिफुड इन्डस्ट्रिजमार्फत चाउचाउ उत्पादन गरेका थिए। त्यस्तै चेमी ड्रग उद्योग स्थापना गरेका थिए।

२०३५ सालमा हात्ताीसारमा गणेशभत्त साखः नेपाल पोलिकल नाम उद्योग पनि स्थापना गरेका थिए। यो उद्योग साखः समूहको औद्योगिक क्षेत्रमा पहिलो ठूलो फड्को थियो। अर्थात् यहाँबाट उनको व्यापारिक रोड म्यापले यु टर्न लिएको थियो।

यसै क्रममा २०३५ सालमा हात्तीसारमा उनले नेपाल पोलिकल नाम उद्योग पनि स्थापना गरेका थिए। यो उद्योग साखः समूहको औद्योगिक क्षेत्रमा पहिलो ठूलो फड्को थियो। अर्थात् यहाँबाट गणेशभक्तको व्यापारिक रोड म्यापले यु टर्न लिएको थियो। यो उद्योगका कारण साखः समूहलाई नेपालको व्यावसायिक घरानामा स्थापित गर्न सहयोग गरेको थियो। 
भारतको मुम्बईबाट उच्च शिक्षा प्राप्त गरेका गणेशभक्त २०४० सालपछि व्यावसायिक क्षेत्रमा हात हालेका थिए। २०३७ देखि २०५८ सम्म यो समूहको मुख्य उत्पादनमध्ये तयारी पोशाक थियो। यो बेलासम्म यो समूहको कपडा उत्पादन आक्रामक रूपमा भएको थियो। उत्पादित कपडा विभिन्न मुलुकमा निर्यातसमेत हुन्थ्यो। तर अमेरिकाले मल्टिफाइवर एग्रीमेन्ट (कोटा) प्रणाली खारेज गरेपछि साखः समूहले आफ्नो उत्पादनमा कटौती गर्न बाध्य भएको थियो। उद्योग स्थापना भएको दुई दशकसम्म यो कम्पनीले तयारी पोशाक उत्पादनमा अब्बल स्थान ओगटेको थियो।

यसपछि कोरियाली फ्रेन्चाइजसँगको प्राविधिक सहकार्यमा साखः समूहले २०४१ सालदेखि नेपाल पेन्टस् प्राली भन्ने अर्को उद्योगको स्थापना गरेका थिए। यसका साथै स्टील र आल्मुनियमका विभिन्न प्रकारका सामान उत्पादन गर्ने साखः मेटल एण्ड एलाइड इन्डस्ट्रिज उद्योग पनि स्थापना गरेका थिए। साखः समूहले टीओआर र केही वर्षपछि टीएमटी फलामे डन्डीको उत्पादन यो उद्योगमार्फत गरेका थिए। साखः समूहले हालसम्म स्टिल उत्पादनलाई विशेष जोड दिएको छ। उमेरका कारण पछिल्लो समयमा बुबा व्यावसायिक क्षेत्रबाट अवकाश लिए पनि उनकै सल्लाह, सुझावमा व्यावसायिक यात्रालाई निरन्तरता दिँदै आइरहेको उनका छोरा किरणभक्तको भनाइ छ। ‘उमेर निकै बढेर होला पछिल्लो समयमा उहाँलाई समय दिन गाह्रो भएको थियो। तर उद्योग र व्यवसाय कसरी बढाउने विषयमा भने निरन्तर रूपमा सुझाव र सल्लाह दिँदै आउनुभएको थियो’, 
किरणभक्तले भने।

बुबाकै छत्रछायामा बसेर व्यापार व्यवसाय गर्दा धेरै कुरा सिक्न पाएको र बुबाको आदर्श विचारहरू अनुकरण गर्न लायकको भएको किरणभक्त सम्झन्छन्। किरणले तयारी पोशाक उद्योग संघको नेतृत्व गरिसकेका छन्। हाल उनी नेपाल–अमेरिका चेम्बर अफ कमर्सका अध्यक्ष छन्। रामभक्तका श्रीमती र चार छोरा छन्। किरणले अहिले पनि आफ्नो विरासतको व्यवसाय तयारी पोशाकलाई निरन्तरता दिएका छन्। तर पछिल्लो समयमा तयारी पोशाकको निर्यात खस्किएको छ। दुई दशकअघि निर्यात हुने कपडा साखः समूहकै थियो।
गणेशभक्त भक्तपुर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्षसमेत हुन्। सामाजिक क्षेत्रमा पनि उनको योगदान त्यतिकै रहेको पारिवारिक सदस्यको भनाइ छ। विभिन्न कार्यदलमा समेत रही काम गरेका साखः राजनीति क्षेत्रमा पनि क्रियाशील थिए। गणेशभक्तले आफ्नो जीवनकालका भोगेका क्षणहरू समेटेर पुस्तकसमेत प्रकाशित गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.