कर्मचारीमा कोरोना देखिएपछि भीमदत्त नगरपालिका बन्द
महेन्द्रनगर : कञ्चनपुरको भीमदत्त नगरपालिकाका एक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सेवा बन्द गरिएको छ । कार्यालयका अन्य कर्मचारीको स्वास्थ्य परिक्षण गनुपर्ने र कार्यालय निर्मलीकरण गनुपर्ने भएकाले वैशाख १० गतेसम्म सेवा बन्द गरिएको नगरपालिकाका प्रशासकीय अधिकृत पुष्कर प्रसाद भट्टले बताए ।
'अन्य कर्मचारीहरुको स्वास्थ्य परीक्षण गरिँदै छ ,' उनले भने, '१० गतेसम्म अत्यावश्यक बाहेकका सेवा बन्द गरेका छौं।' पछिल्लो केही दिनयता कञ्चनपुरमा कोरोना संक्रमण तीब्र बढिरहेको छ ।