दैलेखमा स्वास्थ्य मापदण्ड पालनामा कडाइ

दैलेखमा स्वास्थ्य मापदण्ड पालनामा कडाइ

दैलेख : नयाँ भेन्टियर कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम बढेसँगै जिल्ला प्रशासन कार्यालय दैलेखले स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पूर्णरुपमा पालना गर्न निर्देशन जारी गरेको छ । 

प्रशासनले आदेशको अवज्ञा गर्ने वा आदेश कार्यान्वयनमा बाधा पुर्‍याउने व्यक्ति तथा संस्थालाई संक्रामण रोग ऐन २०२० कारबाही एवं सजाय हुने प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताए ।  प्रशासनले जारी गरेको आदेशमा जिल्लास्थित सम्पूर्ण शैक्षिक संस्थाहरुमा पूर्व निर्धारित परिक्षा जनस्वास्थ्यका मापदण्डहरु पूर्ण पालना गरी सञ्चालन गर्नुपर्ने उल्लेख छ । 

प्रशासनले हेल्थ क्लब, जीम खाना, स्विमिङ पुल, फुटसल, सभा, आमसभा, जुलुस, हाट बजार रंगशालामा हुने दर्शन सहितको खेलकुद तथा मनोरञ्जनात्मक क्रियाकलाप र मानिसहरुको भीडभाड हुने सबै प्रकारका कार्यक्रमहरु बैशाख मसान्तसम्म बन्द गर्न निर्देशन दिएको छ ।

मठ मन्दिर तथा धार्मिक स्थलहरुमा जनस्वास्थ्यका मापदण्ड अपनाई नित्य पुजा ध्यान र प्राथना मात्र गराउने, मेला महोत्सब, जात्रा, विवाह, व्रतबन्ध लगाएतका अत्यावश्यक परम्परागत धार्मीक र सांस्कृतिक क्रियाकलापहरु सञ्चालन गर्दा २५ जना भन्दा बढी भेला हुन नपाइने, जनस्वास्थ्यका मापदण्डहरु अपनाएरु मात्रै यस्ता कार्यहरु सञ्चालन गर्न पाइनेछ । सभा सम्मेलन तथा तालिमहरु भर्चुअल माध्ययमबाट मात्रै गर्न र भौतिक उपस्थिती गर्नैपर्ने भए २५ जना भन्दा बढि सहभागी गराउन नपाइने प्रशासनले जनाएको छ । 

सार्वजनिक यातायात सञ्चालनमा पनि प्रशासनले कडाइ गरेको छ । सार्वजनिक यातायातले सिट क्षमताभन्दा बढी यात्रु नराख्न प्रशासनले निर्देशन दिएको छ । सबै यात्रुलाई अनिवार्य मास्कको प्रयोग गराउनुपर्ने, सवारी साधनको ढोका र भित्र अनिवार्य रुपमा सेनीटाइजरको व्यवस्था गर्नुपर्ने, चालक र सह चालकले अनिवार्य मास्क र भाइजर प्रयोग गर्नुपर्ने प्रशासनले जनाएको छ । मास्क नलगाउने व्यक्तिलाई सवारी साधनमा प्रवेश नदिन प्रशासनले निर्देशन दिएको छ । लामो दुरीमा चल्ने यातायातका साधनले बीचबाटोमा यात्रु नचढाउने गरी यात्रुको विवरण जिल्ला कोभिड–१९  संकट व्यवस्थापन केन्द्रलाई उपलब्ध गराउनुपर्नेछ ।

कार्यालय र पसलहरुले मास्क र सेनीटाइजरको प्रयोग अनिवार्य गर्नुपर्ने र मास्क नलगाउने व्यक्तिलाई कार्यालय र पसलमा प्रवेश नदिन प्रशासनले निर्देशन दिएको छ । जिल्लास्थित होटल तथा रेष्टुरेन्टहरु जनस्वास्थ्यका मापदण्डहरु अनिवार्य पालना गरि सञ्चालन गर्नुपर्नेछ ।

आम नागरिकहरुले घर बाहिर निस्किदा अनिवार्य मास्कको प्रयोग गर्नुपर्नेछ । भारत तथा तेस्रो मुलकबाट जिल्लामा आउने व्यक्तिहरु तथा संक्रमितको निकट सम्पर्कमा रहेका व्यक्तिहरु कम्तीमा १० दिन अनिवार्य होम क्वारेन्टिनमा बस्नुपर्ने, पीसीआर र एन्टिजिन परीक्षणका लागि स्वाब संकलन गरिएका व्यक्तिहरुले घरबाहिर हिडडुल र भेटघाट गर्न नपाईने गरी प्रशासनले निर्देशन दिएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.