पाकिस्तानमा चिनियाँ राजदूत लक्षित बम विस्फोट, चार जनाको मृत्यु

पाकिस्तानमा चिनियाँ राजदूत लक्षित बम विस्फोट, चार जनाको मृत्यु

क्वेटा : पाकिस्तानी सहर क्वेटास्थिति एउटा आरामदायी होटलमा बम विस्फोट हुँदा ४ जना मारिएका छन् भने ११ जना घाइते भएका छन्। बीबीसीका अनुसार सेरेना होटलको कार पार्किङ गर्ने ठाउँमा गरिएको उक्त आक्रमण पाकिस्तानस्थित चिनियाँ राजदूतलाई लक्षित गरिएको आशङ्का गरिएको छ।

उनी अफगानिस्तानको सिमानामा नजिक रहेको बलुचिस्तान प्रान्तको राजधानी क्वेटामा रहेको थाहा भएको छ। तर विस्फोटका बेला उनी घटना भएको क्षेत्रमा थिएनन्।
थप केही नबताएर पाकिस्तानी तालिबानले आक्रमणको जिम्मेवारी लिएको छ। उक्त समूह र अन्य लडाकु सङ्गठनहरूले पछिल्ला महिनाहरूमा अफगानिस्तान सँगको सिमाना नजिकका आदिवासी क्षेत्रहरूमा आक्रमण बढाएका छन्। विस्फोटपछि होटलको कार पार्कमा आगोको मुस्लो फैलिएको देखिन्छ।

तस्बिर : रोयटर्स

सेरेना क्वेटाको प्रख्यात होटल हो। जुन सरकारी अधिकारी र भ्रमणमा रहेका उच्चस्तरीय पाहुनाहरूको रोजाइमा पर्छ।

गृहमन्त्री शेख राशिद अहमदले विस्फोटक पदार्थले भरिएको एउटा कार होटलमा विस्फोटन भएको बताएका छन्। उनका अनुसार चिनियाँ राजदूत नोन रङ घटनाका बेला एउटा कार्यक्रममा थिए, होटलमा थिएनन्।

लडाकुहरूले पाकिस्तानबाट स्वतन्त्र गराउन चाहन्छन्। र, त्यस क्षेत्रमा भइरहेका प्रमुख चिनियाँ पूर्वाधार परियोजनाको विरोध गर्दै आएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.