अक्सिजन चुहावटले भारतमा २२ संक्रमितको मृत्यु

अक्सिजन चुहावटले भारतमा २२ संक्रमितको मृत्यु

मुम्बई (एएफपी) : भारतको महाराष्ट्र राज्यमा कोभिड–१९ उपचारका लागि तोकिएको एक अस्पतालमा बुधबार अक्सिजन चुहावटका कारण आपूर्तिमा समस्या आउँदा कम्तीमा २२ जनाको मृत्यु भएको छ ।   

मुम्बईबाट २ सय किलोमिटर उत्तरमा रहेको डा जाकिर हुसैन अस्पतालमा चुहावटका कारण भेन्टिलेटरमा रहेका बिरामीलाई अक्सिजन आपूर्तिको गम्भीर अभावको सामना गर्नुपर्दा यो त्रासदीपूर्ण घटना भएको हो । नासिकमा रहेको उक्त अस्पताललाई अक्सिजन आपूर्तिका लागि राखिएको ट्यांकरमा करिब आधा घण्टा चुहावट भएको र यसका कारण अस्पतालमा अक्सिजन अभाव हुँदा बिरामीको मृत्यु भएको स्थानीय अधिकारी सुरज मन्धारेले सञ्चारकर्मीसँग बताए । उक्त समस्याका कारण ६० गम्भीर बिरामीको स्वास्थ्यमा प्रभाव परेको बताइएको छ ।      

'आधा घण्टाभित्र अक्सिजन आपूर्तिलाई सञ्चालनमा ल्याइसकिएको र अहिले चुहावट भएको ट्याङ््कीबाट अक्सिजन आपूर्ति भइरहेको छ', मन्धारेले भने।   

घटनापछि अस्पतालमा विरामीका शोकाकुल आफन्तहरू जम्मा भई अस्पताल प्रशासनको लापरबाहीप्रति विरोध जनाएका थिए । अस्पतालमा रहेका १७० विरामीमध्ये केहीलाई घटनापछि उनीहरूका आफन्तहरूको पहलमा अन्यत्र लगिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।      

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुःख व्यक्त गर्दै ट्विटरमार्फत् एक सन्देश लेख्दै भने, 'भारतको कोभिड–१९ बाट प्रकोपको केन्द्रबिन्दु महाराष्ट्र राज्यमा भएको अक्सिजन चुहावटपछि विरामीको मृत्यु भएको भनिएको घटना हृदयविदारक त्रुटी हो ।'  राज्यका मुख्यमन्त्री उद्धव ठाकरेले घटनाप्रति दुःख व्यक्त गर्दै शीघ्र छानबिनको लागि निर्देशन दिएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.