अस्पतालमा आगलागी हुँदा आईसीयूमा उपचाररत १३ कोरोना संक्रमितको मृत्यु

अस्पतालमा आगलागी हुँदा आईसीयूमा उपचाररत १३ कोरोना संक्रमितको मृत्यु

मुम्बई : भारतको महाराष्ट्र प्रान्तस्थित एक अस्पतालमा शुक्रबार बिहान आगलागी हुँदा उपचाररत १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार विजय भल्लाह अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको हो ।

मृत्यु हुनेमा २३ देखि ६८ वर्षसम्मका रहेको बताइएको छ ।

‘घटना हुँदा करिब ९० जना जति बिरामीहरू अस्पतालमा भर्ना गरिएका थिए’, अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिलिप शाहले भने । जसमध्ये आईसीयूमा १७ जना कोरोना संक्रमितको उपचार भइरहेको उनले बताए ।

आगलागी हुँदा अस्पतालमा चिकित्सकहरू नरहेको कतिपयले बताएका छन् । तर सीईओ शाहले त्यसबेला पनि अस्पतालमा चिकित्सकहरू रहेको बताएका छन् । उनले अस्पतालमा सबै अग्नि सुरक्षाका उपायहरू अपनाइएको पनि दाबी गरेका छन् ।

यसअघि पनि महाराष्ट्रको नाशिकमा अक्सिजन चुहावट भएपछि २४ कोरोना संक्रमितको ज्यान गएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.