आगलागीले बिचल्ली

आगलागीले बिचल्ली

सिरहा : लक्ष्मीपुर पतारी गाउँपालिका–२ पर्सा टोलमा शुक्रबार राति आगलागी हुँदा आठ परिवारको बिचल्ली भएको छ। उनीहरूका घरसहित अन्नपात, भाँडाकुँडा, कपडा, नगद गरी ६० लाख रुपैयाँबराबरको क्षति भएको जनाइएको छ।

स्थानीय हरेराम साफीले रवीन्द्र साहको घरबाट अचानक आगो फैलिएको बताए। आगलागीले सचिन्द्र साहको ६ लाख, वीरेन्द्र साहको ५० हजार नगदसहित जम्मा १० लाख, आनन्द साहको ३ लाख नगदसहित जम्मा १० लाख, लाले साहको ६ लाख, धीरेन्द्र साहको १ लाख ५० हजार नगदसहित जम्मा ५ लाख, लछुराम साहको ४ लाख, रवीन्द्र साहको ४ लाख र रामलोचन साहको राइस मिल जल्नुका साथै नगद ४ लाखसहित जम्मा १५ लाखबराबरको क्षति भएको पीडित रवीन्द्रले सुनाए।

यो गाउँपालिकामा वारुणयन्त्र छैन। बाहिरबाट समयमै वारुणयन्त्र घटनास्थल नपुग्दा बढी क्षति भएको स्थानीयको भनाइ छ। आगलागी भएको एक घण्टापछि मात्रै लहान नगरपालिकाको वारुणयन्त्र घटनास्थल पुगेको थियो।

स्थानीय प्रशासनले १५–२० लाखको क्षति भएको जनाएको छ। सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेलले आगलागीबाट करिब २० लाखबराबरको क्षति भएको बताए। एसपी सुदीपराज भण्डारीले भने १५ लाख ९० हजार रुपैयाँबराबरको मात्रै क्षति भएको बताए।

आफु काम विशेषले काठमाण्डौँमा भएपनि राहत सामग्री पीडित परिवारलाई पु¥याएको गाउँपालिका अध्यक्ष रामबल्लव साहले जानकारी गराए। चामल, त्रिपाल, खानेतेल, नुन लगायत सामग्री दिएको उनले सुनाए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.