ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख ९० हजारभन्दा बढी

ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख ९० हजारभन्दा बढी

ब्राजिलमा कोभिड-१९ को प्रकोपबाट मृत्यु हुने व्यक्तिको संख्या तीन लाख ९० हजार भन्दा बढी पुगेको बताइएको छ । कोरोना संक्रमणबाट तीन लाख ९० हजार ७९७ जनाको मृत्यु भएको आइतबार यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

ब्राजिलमा गत २४ घण्टामा कोभिड–१९ को संक्रमणका कारण एक हजार ३०५ जनाको मृत्यु भएको पनि ब्राजिलको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । त्यसैगरी ब्राजिलमा कोरोना भाइरसको संक्रमण शुरु भएबाट ब्राजिलमा हालसम्म १ करोड ४३ लाख ९३ हजार २०५ जना संक्रमित भएका छन् ।

ब्राजिलमा गत २४ घण्टामा कोभिड–१९ का करिब ३३ हजार जना संक्रमति थपिएका छन् । त्यहाँ दिनहुँ नागरिकको ज्यान जाने र संक्रमित हुने क्रम उल्लेख्य मात्रामा कम हुन सकेको छैन । 

ब्राजिलमा हाल स्वास्थ्य प्रणालीमा नै समस्या उत्पन्न भएको देखिएको छ । त्यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले कोभिड–१९ का कारण भयानक मात्रामा तनाव खेपिरेहको पनि बताएका छन् । 

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो समय ब्राजिलमा कोरोना भाइरसको संक्रमण तीव्र बन्दै गएपछि अस्पतालहरूले बिरामीको चाप थेग्न सकेका छैनन् । जसका कारण संक्रमण भएर गम्भीर अवस्थामा पुगेकाहरुको उपचारमा पनि समस्या भएको जनाएका छन् ।

कोरोना विरुद्धको खोप लगाउने क्रम पनि जारी नै छ । तर हाल अत्यधिक रुपमा फैलिएको भाइरसको प्रकोपलाई नियन्त्रणको उपाय लकडाउन नै भएको विज्ञहरुको दाबी छ । तर राष्ट्रपति जैर बोल्सोनारोले भाइरसको नियन्त्रणका लागि कुनै पनि प्रतिबन्ध तथा लकडाउन घोषणा गर्नुभएको छैन । भाइरस नियन्त्रणका कारण आवश्यक कदम नचालेको भन्दै उहाँको निकै चर्को आलोचना हुने गरेको छ ।

त्यहाँको सबैभन्दा बढी प्रभावित भएको क्षेत्र साओ पाओलो हो । यस राज्यमा मात्र २८ लाखभन्दा बढी नागरिक संक्रमित भएका छन् । उता यस संक्रमणबाट यस राज्यका मात्र ९२ हजार जना भन्दा बढी व्यक्तिको ज्यान गएको छ । त्यहाँ अहिले पनि हरेक दिन नयाँ संक्रमितहरु देखिने क्रम जारी नै छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.