कोरोना रोकथाममा जुटे स्थानीय तह

कोरोना रोकथाममा जुटे स्थानीय तह

दैलेख : जिल्लामा नयाँ भेरियन्टसहित तीव्र गति फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण र संक्रमितको उपचारमा स्थानीय तह जुटेका छन् । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि जिल्लाका स्थानीय तहहरु जुटेका हुन् । 

त्यसअन्तरगर्त नारायण नगरपालिकाले एम्बुलेन्स खरिद गर्ने भएको छ । सोमबार नगरपालिकाका मेयर रत्नबहादुर खड्काको अध्यक्षतामा बसेको विपद् व्यवस्थापन समितिको बैठकले एम्बुलेन्स खरिद गर्ने निणर्य गरेको हो ।

 मेयर खड्काका अनुसार दैलेख निर्वाचन क्षेत्र नं. १ प्रतिनिधिसभाअन्तरगर्त स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमबाट विनियोजित बजेटबाट कोभिड–१९ संकट व्यवस्थापनार्थ छोटो विधिबाट एम्बुलेन्स खदि गर्ने निणर्य भएको छ । बैठकले कोरोना भाइरस संक्रमण पहिचानका लागि स्वाब संकलन र एन्टिजेन परीक्षणका लागि ल्याब असिस्टेन्ट करारमा लिने निणर्य समेत गरेको छ ।

नगरपालिकाकाभित्र रहेका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुको वैशाख १६ गतेबाट हुने भनिएको परिक्षा स्थगित गरेको मेयर खड्काले बताए । विद्यालय बन्द रहेपनि विद्यालयका शिक्षकहरु नियमित विद्यालयमा उपस्थित भई प्रधानाध्यापकको संयोजकत्वमा कोभिड–१९ नियन्त्रण जनचेतना अभिवृद्धि समिति गठन गरी महामारीबाट बच्ने उपाएहरुबारे समुदायमा प्रचारप्रसार गर्न नगरपालिकाले निर्देशन दिएको छ ।

कोभिड–१९को महामारी समुदाय स्तरमा फैलिसकेको अवस्थामा एन्टिजेन परीक्षणको दायरा बढाउने, बैदेशिक रोजगार र छिमेकी मुलुकबाट फर्किएका व्यक्तिहरुको अभिलेख राख्ने निणर्य भएको मेयर खड्काले बताए । उनका अनुसार कोभिड–१९ संकट व्यवस्थापनका लागि आवश्यक बजेट माग गरी प्रदेश सरकार र संघीय सरकारलाई पठाउने निणर्य भएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.