बाजुरामा पाँचजनामा कोरोना पुष्टि
बाजुरा : बाजुरामा पाँचजनामा कोरोना भाइरस पुष्टि भएको छ । मंगलबार एन्टिजेन विधिबाट जाँच गर्दा पाँचजनामा कोरोना देखिएको जिल्ला अस्पताल बाजुराका प्रमुख डाक्टर प्रकाश जोशीले जानकारी दिए।
अस्पतालमा आएका बिरामीमध्ये नौजनाको परीक्षण गर्दा पाँजजनाको रिर्पोट पोजिटिभ आएको डाक्टर जोशीले बताए । पाँचजना पोजिटिभमध्ये २ जना महिला र ३ जना पुरुष हुन्। जसमा तीनजना जिल्ला अस्पताल बाजुराका कर्मचारी र दुईजना स्थानीय रहेको डाक्टर जोशीले बताए ।
पोजिटिभ देखिएकाको अवस्था सामान्य रहेकाले अस्पतालका कर्मचारीलाई अस्पतालको क्वाटरमै बसेका छन् भने अन्य होम आइसोलेसनमा बसेका छन् ।
प्रतिक्रिया दिनुहोस !
१