बिहीबारदेखि कैलालीमा लकडाउन

बिहीबारदेखि कैलालीमा लकडाउन

धनगढी : जिल्ला कोभिड व्यवस्थापन समितिको सिफासिरमा जिल्ला प्रशासन कार्यालय कैलालीले वैशाख १६ देखि लकडाउन गर्ने निर्णय गरेको छ । मंगलबार बसेको सर्वदलीय बैठकले पनि कोरोनाका बिरामीको संख्या दिनदिनै बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयलाई लकडाउन गर्न सहमति दिएको थियो ।

यसअघि सोमबार कैलाली र कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीको धनगढीमै बसेको संयुक्त बैठकले दुबै जिल्लामा रात्रीकालिन लकडाउन मात्रै गर्ने निर्णय गरेका थिए । त्यो निर्णयको सामाजिक सञ्जालमा चर्को विरोध भएको थियो । कोरोना राति मात्रै आउने रहेछ भनेर धेरैले सामाजिक सञ्जालमा स्टाटस हालेर निर्णयको खिल्ली उडाएका थिए ।

भारतबाट फर्किने नेपालीमा अनुपातमा दैनिक सयभन्दा बढीमा कोरोना देखिन थालेपछि नेपालमा पनि अवस्था खतरापूर्ण देखिएको छ । ‘भारतबाट आउनेलाई घर आउन रोक्न सकिदैन, तर सामान्य रुपमा भारत जानमा रोक लगाउने निर्णय गरिएको छ। अहिलेको कोरोनाको चेन ब्रेक गर्न पनि लकडाउन गर्नुपर्ने बाध्यता देखियो, १६ गते देखि एक हप्ताका लागि जिल्ला भरी लकडाउन गर्ने निर्णय गरेका छौं,’ कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले भने ।

कैलालीमा मात्रै सक्रिय संक्रमितको संख्या ३१० पुगेको छ । कैलाली र कञ्चनपुरका अस्पतालमा गम्भीर प्रकृतिका बिरामी बढेपछि आइसीयु भेन्टिलेटरको अभाव भएको छ । मानिस उपचार नपाएर छटपटिन थालेका छन् । 

दोस्रो चरणको कोरोनाको संक्रमण फैलिएपछि कैलाली र कञ्चनपुरका अस्पतलमा मात्रै ६ जनाको मृत्यु भइसकेको छ । सहरी क्षेत्रमा लापरवाही गरेपछि प्रशासनले यस्तो निर्णय गरेको हो ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.