रोल्पामा भीषण आगलागी : ४१ घर गोठ जले

रोल्पामा भीषण आगलागी : ४१ घर गोठ जले

रोल्पा : रोल्पाको त्रिवेणी गाउँपालिका–२ का आधा दर्जन गाउँका ४१ घरगोठ जलेर नष्ट भएका छन्। जंगलबाट सल्किएको आगोले २६ घर, १५ गोठ, पशु, चौपाया, लत्ताकपडा र अन्नपात जलेर खरानी भएका छन्।

सोमबार दिउँसो त्रिवेणी गाउँपालिका–२ चैत्रेखोलाको जंगलबाट आगलागी सुरु भएको थियो। सल्लाको घना जंगलमा सल्किएको आगो नियन्त्रणको प्रयास  गाउँलेले गरे पनि असफल भएको गाउँले बताउँछन्। हावाहुरीसँगै गाउँमा समेत आगो फैलिएपछि बुधबार बिहानसम्म पिराले, कापडाँडा, भल्लीचौर, धानबाङ, बर्तिबाङ, सानो चेत्रे गाउँका घरगोठ जलेको जिल्ला प्रहरी प्रमुख एवं प्रहरी नायव उपरीक्षक नरेशराज सुवेदीले बताए।

आगलागीले क्षति पुगेको सूचनापश्चात् सदरमुकाम लिबाङबाट प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाको नेतृत्वमा सेनाका गणपति, प्रनाउ, सशस्त्र प्रहरीको टोली घटना स्थल पुगेको छ। जनपद, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयले आगो नियन्त्रण प्रयास जारी राखेका छन्। घटनास्थलमा क्षतिको विस्तृत विवरण संकलन गरिरहेको प्रनाउ सुवेदीले बताए। १७ बाख्रा, ७ गाई र एकवटा बंगुर पनि जलेका छन्।

आगलागीबाट लत्ताकपडा, धनसम्पत्ति, अन्न समेत जलेकाले पीडित बारीको पाटा र खुलाचौरमा बसिरहेको छन्। 'पीडितहरु बारीका पाटामा बसिरहेको र घर खरानी बनेको हृदयविदारक अवस्था छ', घटनास्थल पुगेका रुन्टीगढी गाउँपालिका अध्यक्ष बालाराम बुढामगरले भने, 'राहत वितरणको काम थालेका छौं।' जंगल र गाउँमा लागेको आगोले पिउने पानीको पाइप समेत जलेर नष्ट भएपछि पानीको समस्या देखिएको छ। विद्युत सेवासमेत अवरुद्ध भएको छ।

२ नम्बर वडा कार्यालय, नेपाल रेडक्रस सोसाइटी, गाउँपालिकाले त्रिपाल, चामल, नुन, तेल राहत स्वरुप वितरण गरेका छन्। थप राहत र क्षतिपुर्तिका लागि गाउँपालिका र लुम्बिनी प्रदेश सरकारसँग पहल भइरहेको जनाइएको छ। रुन्टीगढी गाउँपालिका–९ गुनाम ठूलो बस्तीमुनिको जंगलमा आगो फैलिएको छ। बस्तीतर्फ आगो पस्न नदिन स्थानीय र सुरक्षाकर्मी आगो नियन्त्रणमा खटिए पनि हम्मेहम्मे परेको छ। आगलागी कसले र किन लगाएको भन्नेबारे एकिन भएको छैन। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.