पहिलो अन्तरिक्षयात्राका पाइलट माइकल कोलिन्सको निधन

पहिलो अन्तरिक्षयात्राका पाइलट माइकल कोलिन्सको निधन

वासिङटन: पहिलो अन्तरिक्षयात्री नील आर्मस्टङका सहयात्री समेत रहेका एपोलो ११ का पाइलट माइकल कोलिन्सको ९० वर्षको उमेरमा निधन भएको छ ।

उनी १९६९ मा चन्द्रमामा पहिलो सफल यात्रा गर्ने तीन अन्तरिक्षयात्री नील आर्मस्टङ र बज अल्ड्रिनसँगैका एक सदस्य हुन् । क्यान्सरका कारण यही बुधबार उनको निधन भएको परिवारका सदस्यले जानकारी दिएका छन् ।

कोलिन्सका सहयात्री नील र बज चन्द्रमामा हिँडिरहँदा उनले भने चन्द्रमामा हिँड्न पाएका थिएनन् । नील र अल्ड्रिनले चन्द्रमामा हिँडिरहँदा कोलिन्सले भने उनीहरुलाई झण्डै २८ घण्टा एक्लै पर्खिरहेका थिए।

अन्तरिक्षयात्रामा कोलिन्सको भूमिका 'कमान्ड मोड्युल पाइलट'को थियो । उनलाई चन्द्रमामा हिँड्ने अवसर भए पनि उनी एपोलो ११ बाट ओर्लिएका थिएनन् । 

कोलिन्स १९३० मा रोममा जन्मिएका थिए । उनका पिता जेम्स एल कोलिन्स अमेरिकी सेनाका मेजर जनरल थिए । अमेरिकी सैन्य शिक्षालयबाट १९५२ मा ग्र्याजुएशन गरेपछि कोलिन्स एयर फोर्समा भर्ना भएका थिए । जहाँ उनी लडाकु पाइलट बने । अल्ड्रिन भन्दा एक वर्षपछि उनी ग्र्याजुएट भएका थिए ।

१९६२ मा पृथ्वीको परिक्रमा गर्ने पहिलो अमेरिकी पाइलट बनेपछि उनी नासामा आवेदन दिएका थिए । तर उनी दोस्रो पटक १९६३ मा मात्रै छानिएका थिए । उनी नासा अन्तर्गत अन्तरिक्षयात्रीहरुको तेस्रो समूहमा थिए ।

नासाले कोलिन्स, आर्मस्टङ र अल्ड्रिनलाई एपोलो ११ को क्र्यू सदस्यको रुपमा १९६९ को जनवरी ९ मा घोषणा गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.