पर्यटन उद्योगलाई जोगाउँ

पर्यटन उद्योगलाई जोगाउँ

सन् २०१९ को डिसेम्बर महिनामा चीनको उहान सहरमा पहिलोपटक देखा परेर विश्वभर फैलिएको कोरोना भाइरसको दोस्रो लहर नेपालले पनि सामना गरिरहेको छ। यससँगैसुरुआती चरणबाटै थला परेको पर्यटन उद्योग थप संकटमा परेको छ। पहिलोपटक कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न सरकारले २०७६ चैत ११ गते लकडाउन लगाउनुअघि नेपालको विभिन्न पर्यटकीय क्षेत्रमा मात्र होइन, पदयात्रामा रहेका पर्यटक पनि यात्रा छोट्याएर देश फर्केका थिए। विभिन्न देशका दूतावासले प्लेननै चार्टर्ड गरेर स्वदेश फर्काएका थिए।

पर्यटक घुम्न निस्कने भनेको प्रकृति, संस्कृतिमा रमाएर दैनिक काममा हुने व्यस्तता र तनाबाट मुक्त हुन हो। घुम्न निस्कँदा असुरक्षित महसुस हुने अवस्थामा कोही पनि बाहिर निस्कन चाहँदैनन्। सुरक्षा नै पहिलो प्राथमिकता सबै दिनेनै भए। पर्यटन उद्योग सबैभन्दा धेरै थला परेको उद्योग हो। नेपालकोपर्यटन उद्योगको ढोका फ्रान्सेली नागरिक मौरिस हर्जोग र उनको समूहले२००७ जेठ २१ गते अन्नपूर्ण प्रथम ८०९१ मिटर उच्च हिमालको पहिलोपटक सफल आरोहण गरेपछि खुलेकोहो। मोरिसले पहिलोपटक सफल आरोहण गरेसँगै विश्वमै हिमाल आरोहणतर्फ आकर्षण बढ्दै गयो। हर्जोगको टोलीले अन्नपूर्ण हिमाल आरोहण गरेपछि सन् १९५३ मे २९ मा विश्वकै सर्वोच्च शिखर सगरमाथा हिमालको नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्यूजिल्याण्डका सर एडमन्ड हिलारीले सफल आरोहण गरे।

सन् १९६० को दर्शकमा पोखरामा हिप्पी पर्यटनको चहलपहल सुरु भएको पाइन्छ। त्यसपछि पोखराको लेकसाइड क्षेत्रमा पर्यटककालागि छुट्टै बस्ने कोठा बनाउन सुरु गरिएको थियो। अन्नपूर्ण पदयात्रा क्षेत्र विश्वमै उत्कृष्ट पदयात्रा मध्येमा पर्न थाल्यो। कोरोना संक्रमणअघि सन् २०१९ मा अन्नपूर्ण संरक्षण क्षेत्रमा एक लाख ८१ हजार पर्यटक पुगेका थिए। कोरोना संक्रमण पछि सन् २०२० अहिलेसम्मकै कम १८ हजार ७ सय ९६ पर्यटकले मात्र पदयात्रा गरे। पदयात्राको मौसममापर्यटकलेअन्नपूर्ण पदयात्रा क्षेत्रका कोठा नपाएर डाइनिङ रुममै रात बिताउँथे। यो मोह र रुचिले नेपालको पर्यटन उद्योगको भविष्यको संकेत गर्दछ। कोरोना संक्रमणपछि भने अन्नपूर्ण पदयात्रा मात्र होइन, देशभरका पर्यटकीय क्षेत्र सुनसान छन्।

अरबौंको लगानी रहेको पर्यटन उद्योग संकटमा परेको छ। पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्न सुरु भएपछि पोखराका पर्यटकीय पूर्वाधारमा निजीक्षेत्रको लगानी बढेको थियो। नेपाली व्यवसायी मात्र होइन, चिनियाँ व्यवसायी समेत पोखराको पर्यटन उद्योगमा होटल तथा रेष्टुरेन्टमा लगानी बढाएका थिए। पोखरालाई गण्डकी प्रदेश सरकारले देशकै पर्यटकीय सहरको रूपमा घोषणा गरेर पर्यटकीय पूर्वाधार त्यसैअनुसार बनाउनु पर्ने माग संघ सरकारसँग राख्दै आएको छ। यसैअनुसार प्रदेश सरकारले पर्यटन उद्योगलाई पहिलो प्राथमिकतामा राखेको पनि थियो। यसैले पर्यटन व्यवसायी उत्साहित भएर लगानी पनि गरेका थिए।

पोखरामा होटल तथा रिसोर्ट ७ सय छन्। तिनमा व्यवसायीको लगानी ५० अर्ब र बैंकको लगानी ७५ अर्ब रहेको पर्यटन व्यवसायीले बताएका छन्। एक सय रेष्टुरेण्ट तथा बारमा एक अर्ब व्यवसायीको लगानी रहेको छ भने बैंकले तीन अर्ब लगानी गरेको छ। टे«किङ, ट्राभल्स एजेन्सी, प्याराग्लाइडिङ, अल्ट्रालाइट, बन्जी जम्प, जिप लाइन, इम्ब्रोगरी एन्ड ग्रामेन्ट सप, पर्यटन यातायात व्यवसाय, ग्रामीण पर्यटनमा अर्बौंको लगानी रहेको छ। यस क्षेत्रको पर्यटन उद्योगमा मात्र आधा लाख जनशक्तिले रोजगारी पाएकाछन्।

खर्बौंको लगानी रहेको पर्यटन उद्योग बचाउन र व्यापक बनाउन सरकारले विशेष चासो दिनुपर्ने देखिन्छ। कोरोना कहरपछि थलिएको पर्यटन उद्योगलाई लयमा नफर्कदासम्म सरकारले पर्यटन व्यवसायमा लाग्ने शुल्क र जरिवाना छुट दिन सके यो क्षेत्र बौराउने थियो। संघीय, प्रदेश र स्थानीय सरकारहरूलेपर्यटन उद्योगलाई रुग्ण उद्योग घोषणा गरेर राहतको प्याकेज ल्याईवर्तमान संकटमा पर्यटन उद्योगलाई बचाउनु पर्ने देखिन्छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.