कैलाली र कञ्चनपुरमा कोरोनाबाट एकैदिन सातजनाको मृत्यु

कैलाली र कञ्चनपुरमा कोरोनाबाट एकैदिन सातजनाको मृत्यु

धनगढी : धनगढीको सेती प्रादेशीक अस्पताल र कञ्चनपुरको महाकाली अस्पतालमा ६ जना र होमआइसोलेसनमा एकजना गरी ७ कोरोना बिरामीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा सेतीमा तीनजना, महाकालीमा तीनजना र कैलालीको गोदावरीमा होम आइसोलेसनमा बसेका एकजना गरी सातजनाको मृत्यु भएको दुबै अस्पतालका सूचना अधिकारीले जनाएका छन । 

सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका–३ की ४५ वर्षीया महिला, अस्पतालको आइसीयूमा उपचारत कैलालीकी लम्कीचुहा–२ का ३३ वर्षीय पुरुष र घोडाघोडी–१० का ७० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । 

लम्कीचुहा ३ का ३३ वर्षका पुरुष वैशाख १४ गते अस्पताल भर्ना भएका थिए । घोडाघोडी १० का ७० वर्षका पुरुषको भने अस्पताल भर्ना भएको १२ घण्टा नबित्नै मृत्यु भएको हो । उनलाई बैशाख १५ गते राती ११ बजे मात्रै सेतीको कोभिड अस्पतालमा भर्ना गरिएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए । दुबै जनाका कडा खालको निमोनिया देखिएको अस्पतालले जनाएको छ ।

यस्तै कैलालीको गोदावरी नगरपालिकाका ८७ बर्षीया महिलाको पनि होम आइसोलेसनमा मृत्यु भएको छ । १५ गते उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । आइसोलेसनमा रहेका बेला उनको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

कञ्चनपुरको महाकाली अस्पतालमा उपचाररत ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ का २१ वर्षीय युवकको बिहिवार बिहान १ बजे, भिमदत्त १८ कि ३६ वर्षीय एक महिलाको बिहीबार बिहान ७ :३० बजे र दोधारा चाँदनी नगरपालिकाका ३० वर्षीय युवकको राति १२ :३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

महाकाली अस्पतालका कोरोना सम्पर्क व्यक्ति डा.गोविन्द रोकायाले भीमदत्त नगरपालिका–१९ का २१ वर्षीय युवकको कुनै पनि ट्राभल हिस्ट्री नभएकाले दोस्रो भेरियन्टको कोरोना समुदाय स्तरमा तिब्र रुपमा फैलिन थालेका बताए ।

दोधारा चाँदनी नगरपालिकाका ३० वर्षीय युवकलाई मंगलबार अस्पतालमा उपचारको लागी भर्ना गरिए पनि उनमा कडा खालको निमोनिया देखा परेको थियो । उनि भारतबाट आएको र भारतमै उनमा समस्या देखा परेको थियो । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.