ट्रम्पका समर्थकलाई लक्षित गर्दै बाइडेनले भने: स्वेत सर्वोच्चता आतंकवाद हो !

ट्रम्पका समर्थकलाई लक्षित गर्दै बाइडेनले भने: स्वेत सर्वोच्चता आतंकवाद हो !

वासिङटन: अमेरिकी राष्ट्रपति जो बाइडेनले 'स्वेत सर्वोच्चता' (ह्‍वाइट सुप्रिमेसी)लाई घरेलु आतंकवादको संज्ञा दिएका छन् । जसको विरुद्ध अमेरिका शतर्क रहनुपर्ने उनको भनाइ छ ।

अमेरिकी कंग्रेसलाई सम्बोधन गर्ने क्रममा बाइडेनले यस्तो बताएका हुन् । अमेरिकी सेनालाई युद्धग्रस्त देश अफगानिस्तानबाट फिर्ता ल्याउनेबारे छलफलको क्रममा बाइडेनले यस्तो बताएका थिए । बाइडेनले विश्वव्यापी आतंकवाद विशाल रुपमा फैलँदै गएको र अस्वेत सर्वोच्चतावादीहरु उनीहरु भन्दा पनि ठूलो खतराको रुपमा देखिएको बताए ।

"हामी हाम्रा जासूसी संस्थाहरु आतंकवादी खतरा बन्न संकल्प गरिरहेको कुरा अस्वीकार गर्न सक्दैनौँ । स्वेत सर्वोच्चता भनेको आतंकवाद हो," जो बाइडेनले संसदमा भने । ३ महिने कार्यकाल पूरा भएको सन्दर्भमा बाइडेनले संसदलाई सम्वोधन गरेका हुन् । जबकि ३ महिनाअघि पूर्व राष्ट्रपति डोनल्ड ट्रम्प ४ वर्षे कार्यकालबाट चुनावमा पराजित हुँदै बिदा हुने क्रममा उनका समर्थकहरुले संसद भवनमै हमला गरेका थिए ।

बाइडेनले 'स्वेत सर्वोच्चतावादी' भन्दै तिनै ट्रम्पका समर्थकहरुलाई लक्षित गरेका थिए । बाइडेनले संसद भवनमा ट्रम्पका समर्थकले गरेको आक्रमणको विरोध समेत गरेका थिए । पछिल्लो समय अमेरिकामा अस्वेत नागरिकहरुमाथि श्रृंखलावद्ध रुपमा आक्रमण हुँदै आएको छ ।

अस्वेत नागरिक जर्ज फ्लोइडको हत्याको विरोधमा अमेरिका सहित विश्वभर आन्दोलन भइरहँदा पनि अस्वेत नागरिकमाथिको आक्रमण रोकिएको छैन ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.