निषेधाज्ञामा धनगढी (फोटोफिचर)

निषेधाज्ञामा धनगढी (फोटोफिचर)

धनगढी : कोरोनाका बिरामीको संख्या तीव्ररुपमा बढन थालेपछि सुदूरपश्चिम प्रदेशका दुई जिल्ला कैलाली र कञ्चनपुरमा बिहीबारबाट निषेधाज्ञा लागू भएको छ । बिहान ६ बजेदेखि दुबै जिल्लाभरी निषेधाज्ञा लागू भएको हो ।

प्रदेशको राजधानी धनगढीमा  बिहान ५ बजेदेखि दैनिक उपभोग्य समानका पसल खुलेका छन् । तरकारी, उपभोग्य सामान, मेडिकल र स्वास्थ्यका मापडण्डअनुसार डिपार्टमेन्टल स्टोर बिहान ५ देखि १० बजेसम्म मात्रै खोल्ने आदेश भएको छ ।

जिल्ला कोभिड व्यवस्थापन समितिको सिफासिरमा जिल्ला प्रशासन कार्यालय कैलालीले मंगलबार नै निषेधाज्ञा जारी गर्ने  निर्णय गरेको थियो । सुदूरपश्चिमका नौवटै जिल्लामा बुधबार बेलुकीसम्म पीसीआर प्रविधिबाट कोरोना जाँच भएका ११ सय ७६ जना एक्टिभ संक्रमित रहेका छन् । 

कैलालीको गौरीफन्टामा चैत ३ गते र कञ्चनपुरको गड्डाचौकी, बैतडीको झुलाघाट दार्चुलाको पुलघाट नाकामा चैत १७ गते देखि गरिएको एन्टिजेन परीक्षणमा अहिलेसम्म १६ सय ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यद्यपी एन्टीजेन परीक्षणमा पछिल्लो १० दिन यताकालाई मात्रै एक्टिभ केश मानिने गरिएको छ । तर एन्टीजेन परीक्षणमा पोजेटिभ देखिका र लक्षण नभएकाहरु घर गएकाले कतिलाई सञ्चो भयो भएन भन्ने कुराको तथ्यांक भने छैन ।

कोरोना संक्रमणको चेन ब्रेक गर्नका लागि कैलाली र कञ्चनपुरमा आजबाट निषेधाज्ञा लागू भएको हो । यी दुई जिल्लाका बजारहरु बन्द छन भने छोटो लामो दुरीका यातायात चलेका छैनन । धनगढी बजारमा पनि यातायात बजार बन्द छ । तर प्रहरीले विभिन्न बहाना बनाएर बजारमा निस्कनेहरु भने धेरै रहेको जनाएको छ ।

पहिलो दिन भएकाले, धेरैलाई थाहा पनि हुदैन, आज अलि निषेधाज्ञाको अवज्ञा गर्नेहरुलाई छोडिएको र शनिबारदेखि भने कडाइ गरिने जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । निषेधाज्ञा जारी गरिएपछि बैकिङ कारोबार दिउँसो १ बजेसम्म सञ्चालनमा रहने भनिएपछि बजारमा बैंक जानेहरुको भीडभाड देखिएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.