कोरोनाले सुदूरपश्चिमका तीन जिल्लामा एकै दिन १० जनाको मृत्यु

कोरोनाले सुदूरपश्चिमका तीन जिल्लामा एकै दिन १० जनाको मृत्यु

धनगढी : कैलाली, कञ्चनपुर र बझाङमा एकै दिनमा १० जनाको मृत्यु भइएको छ। सेती प्रादेशिक अस्पतालमा पाँच, महाकाली अस्पतालमा ३, कैलालीमै होम आईसोलेशन बसेका एक र जिल्ला अस्पताल बझाङमा एक गरेर बिहीबार १० जनाको कोरोनाले मृत्यु भएको हो। 

सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढी उपमहानगरपालिका-३ की ४५ वर्षीया महिला, अस्पतालको आइसीयूमा उपचारत कैलालीकी लम्कीचुहा-२ का ३३ वर्षीय पुरुष र घोडाघोडी-१० का ६० वर्षीय पुरुष, घोडाघाडी १२ का २८ वर्षका पुरुष  र धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का ४० वर्षीय पुरुष गरी पाँच जनाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए।

लम्कीचुहा ३ का ३३ वर्षका पुरुष वैशाख १४ गते अस्पताल भर्ना भएका थिए। घोडाघोडी १० का ६० वर्षका पुरुषको भने अस्पताल भर्ना भएको १२ घण्टा नबित्नै मृत्यु भएको हो। उनलाई वैशाख १५ गते राति ११ बजे मात्रै सेतीको कोभिड अस्पतालमा भर्ना गरिएको अस्पतालका सूचना अधिकारी श्रेष्ठले जानकारी दिए। 

यस्तै एक जनाको होमआइसोलेशनमा ज्यान गएको छ। कैलालीको गोदावरी नगरपालिकाकी ८७ वर्षीया महिलाको होम आईसोलेशनमा मृत्यु भएको हो। जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले १५ गते कोरोना संक्रमण पुष्टि भएकी गोदावरीका ८७ वर्षीय महिलाको बिहीबार घरमै ज्यान गएको जानकारी दिए। 

कञ्चनपुरको महाकाली अस्पतालमा उपचाररत ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका-१९ का २१ वर्षीय युवकको बिहीवार बिहान १ बजे, भिमदत्त १८ की ३६ वर्षीय एक महिलाको बिहीबार बिहान ७ः३० बजे र दोधारा चाँदनी नगरपालिकाका ३० बर्षीय युवकको राति १२ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ।

महाकाली अस्पतालका कोरोना सम्पर्क व्यक्ति डा.गोविन्द रोकायाले भीमदत्त नगरपालिका-१९ का २१ वर्षीय युवकको कुनै पनि ट्राभल हिस्ट्री नभएकाले दोस्रो भेरिअन्टको कोरोना समुदाय स्तरमा तिब्र रुपमा फैलिन थालेका बताए।
दोधारा चाँदनी नगरपालिकाका ३० वर्षीय युवकलाई मंगलवार अस्पतालमा उपचारको लागि भर्ना गरिए पनि उनमा कडा खालको निमोनिया देखा परेको थियो। 

उता बझाङमा पनि कोरोना कारण एक जनाको ज्यान गएको छ। जिल्ला अस्पताल बझाङमा उपचाररत मष्टा गाउँपालिका-५ का ५५ वर्षीय पुरुषको बिहीबार दिउँसो मृत्यु भएको स्वास्थ्य कार्यालय बझाङका कोभिड सम्पर्क व्यक्ति नारायण जोशीले बताए। 

भेन्टिलेटर र आईसीयू वेड सेटअप गरिसकेको बझाङमा त्यो सेवा नपाएर दुई जनाले ज्यान गुमाई सकेका छन्। अस्पतालले, दुबै जनालाई आईसीयू बेड भएको स्थानमा रेफर गरेको तर लैजान अगावै ज्यान गएको जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.