कोभिडका बिरामीले आईसीयू नपाउँदा अछामका आईसीयू र भेन्टिलेटर खियाले खायो

कोभिडका बिरामीले आईसीयू नपाउँदा अछामका आईसीयू र भेन्टिलेटर खियाले खायो

अछामः कैलाली र कञ्चनपुरमा कोरोनाका विरामी आईसीयू र भेन्टिलेटर नपाएर ज्यान गुमाइरहेका बेला अछामको जिल्ला अस्पतालमा जोडिएका दुई भेन्टिलेटर र आईसीयूका उपकरणमा खिया लाग्न थालेको छ ।

प्रदेश सरकार, प्रदेश स्वास्थ्य तथा आपूर्ति व्यवस्थापन केन्द्रले गत मंसिरमा जिल्ला अस्पताल अछामका जडान गरेका उक्त उपकरणहरु सञ्चालन गर्ने जनशक्ति नभएकाले खिया लाग्न थालेका हुन् ।

बुधवार मात्रै अछाममा २४ जनाको कोरोना परीक्षण गर्दा २३ जनामा संक्रमण पुष्टि भएको छ । बुधवार बान्नीगढी जयगढ गाउँपालिका–६ मा २१ जनामा परीक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएको हो । मंगलसेनमा एक र बयलपाटामा २ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय अछामका कोभिड सम्पर्क व्यक्ति मिनबहादुर कुँवरले बताए । हाल अछाममा ६८ जना कोरोनाका सक्रिय संक्रमित छन् ।

अछाममा संक्रमितको उपचारमा समस्या देखिनुको कारण भेन्टिलेटर र आईसीयू समेत बनेका छन् । भेन्टिलेटर र आईसीयू सञ्चालनमा नआउँदा उपचारमा समस्या भएको अस्पतालले जनाएको छ । भेण्टिलेटर र आईसीयूका लागि अछाममा आएका उपकरण ४ महिनादेखि नै थन्किएका जिल्ला अस्पताल अछामका निमित्त प्रमुख डा अतुल भारद्धाजले बताए ।

उनले भने ‘अहिले लक्षण देखिएकालाई मात्र अस्पतालमा राखिएको छ, ६ जना अहिले उपचारत छन् । बाँकी लक्षण नदेखिएकालाई घरमै अथवा पालिकाले बनाएको आईशोलेशनमा राखिएको छ ।’

तर ६८ जना संक्रमित रहेको जिल्लामा गम्भीर प्रकृतिका विरामी आएमा रेफर गर्नुभन्दा अरु विकल्प नरहेको उनले बताए । ‘भेन्टिलेर र आईसीयू त छन् तर सञ्चालन गर्ने जनशक्ति छैन । भेन्टिलेटरका लागि एनेस्थेसियोलोजिष्ट र फिजिसियन चिकित्सक चाहिन्छ, ती दुबै जनशक्ति अछाममा छैनन्’ डा भारद्वाजले भने ।

उनले जिल्लामा सीजनको समेत अभाव रहेको बताए । अछाम जिल्लामा कोरोनाका मात्रै नभइ अन्य प्रकृतिका विरामीलाई पनि भेन्टिलेर र आईसीयूमा राखेर उपचार गर्नुपर्ने भएमा रेधनगढी वा नेपालगञ्ज रेफर गरिँदै आएको डा भारद्वाजले बताए ।

नगरपालिकाले अक्सिन सिलेन्डर किन्ने

साँफेबगर नगरपालिकाले कोरोना संक्रमितको उपचारका लागि अक्सिजन सिलिन्डर किन्ने जनाएको छ । नगरपालिकाको संकट व्यवस्थापन केन्द्रको बैठकले अस्पताललाई आवश्यक १० वटा अक्सिजन सिलिन्डर खरिद गर्ने निर्णय गरेको नगर प्रमुख कुल बहादुर कुँवरले बताए ।

न्याय हेल्थ नेपाल बयलपाटा अस्पतालका डा मन्दिप पाठकले एकै दिन १० देखि २० जना संक्रमित आए भने उपचार गर्ने अवस्था नभएको बताए । गाउँगाउँमा कोरोना फैलिसकेकोले स्थिति नियन्त्रण बाहिर जानसक्ने बताए ।

उनले भने ‘अस्पतालमा औषधिको अभाव छ, कोरोना संक्रमितहरुलाई दिइने औषधि समेत सकिएको छ ।’ बान्नीगढी जयगढ गाउँपालिकाको कालिका नन्दा माबिका १५ जना विद्यार्थी कोरोना संक्रमण देखिएपछि साँफेबगर नगरपालिका र चौरपाटी गाउँपालिकाले विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।

दुई पालिकाकाले बैशाख १६ गतेदेखि अर्को निर्णय नहुँदासम्म विद्यालय बन्द गर्ने निर्णय गरेका पालिकाले जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.