रोल्पाको गंगादेवमा ४३ जनाको पीसीआर परीक्षणमा ४२ जनामा संक्रमण पुष्टि

रोल्पाको गंगादेवमा ४३ जनाको पीसीआर परीक्षणमा ४२ जनामा संक्रमण पुष्टि

वैशाख : रोल्पाको गंगादेव गाउँपालिकाका ४३ जनाको पीसीआर जाँच गर्दा ४२ जनालाई कोरोना पोजिटिभ देखिएको छ । एकैपटक गरिएको परीक्षणमा यति धेरै संख्यामा कोरोना देखिएको जिल्लामा यो पहिलो हो ।

स्वाब संकलन गरी भैरहवा पठाइएको पीसीआर जाँच गर्दा शुक्रबार पोजिटिभ देखिएको हो । पोजिटिभ हुनेहरुमा गाउँपालिकाका कर्मचारी, केही जनप्रतिनिधि र पालिका अवस्थित स्थानीय छन् । गंगादेव गाउँपालिकाका अध्यक्ष बीरबहादुर खत्रीका अनुसार सुरुमा लेखा अधिकृत र एक स्थानीय टेलरलाई कोरोना देखिएको थियो ।

सुरुमा कोरोना पोजिटिभ देखिएकाको कन्ट्याक्टमा रहेका पालिका जनप्रतिनिधि, कर्मचारी र स्थानीय गरी ४३ जनाको स्वाब संकलन गरिएको थियो । स्वाब परीक्षणबाट सबैजसोलाई पोजेटिभ देखिएपछि गाउँमा त्रास फैलिएको छ । 

गाउँपालिका उपाध्यक्ष, ३ नं. वडाअध्यक्ष, विभिन्न विषयगत शाखाका कर्मचारी र स्थानीयको स्वाब परीक्षण गरिएको गाउँपालिकाले जनाएको छ । पालिकामा कोरोना पोजेटिभ देखिएपछि गाउँपालिकाको कार्यालय र २ नं. वडा कार्यालय वैशाख १२ गतेदेखि नै सिल गरिएको थियो । 

अध्यक्ष खत्रीका अनुसार पछिल्लो समय गाउँपालिका, सबै वडा कार्यालय र विद्यालय बन्द गरिएका छन् । कोरोना पोजेटिभ देखिएकाहरु मध्ये कतिपयमा रुघाखोकी, हाछ्यू र ज्वोरो आउने लक्षण देखिएपनि कतिपयमा कुनै लक्षण देखिएको छैन् । 

गाउँपालिकाका प्रवक्ता एवं ७ नं. वडा अध्यक्ष तुलबहादुर घर्तीमगरका अनुसार दुई चरणका खोप लगाएकामा पनि कोरोना पोजिटिभ देखिएको छ । कोरोना पोजिटिभ देखिएका सबै आ–आफ्नो घर, कोठा र क्वार्टरमा आइसोलेसनमा बसिरहेका छन् ।

कोरोनाको खोप लगाइदिन खटिएका स्वास्थ्यकर्मीमा पनि कोरोना पोजिटिभ देखिएको जनाएको छ । 'दोस्रो चरणको खोप लगाई दिन खटिएका स्वास्थ्यकर्मीलाई पनि पोजेटिभ देखिएको छ । एक जनप्रतिनिधिले भने, 'समुदायमै कोरोना फैलिसकेको देखिन्छ ।'

 कोरोना पोजेटिभ देखिएका ४३ जनासँग गाउँपालिकाका धेरै सेवाग्राही समेत कन्ट्याक्टमा रहेका छन् । उनीहरुबाट समुदायमा कोरोना व्यापक फैलिएको आंकलन गरिएको छ । “४२ जनाको कन्ट्याक्ट ट्रेसिङ गरेर स्वाब परीक्षण गर्नेतर्फ पहल गर्छौं ,' गाउँपालिका अध्यक्ष खत्रीले भने ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसि) ले संक्रमणबाट जोगाउन सूचना जारी गरेको छ । जिल्ला प्रवेश नाका खुंग्री र होलेरीमा हेल्थ डेस्क खडा गरिएको छ । प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले भीडभाड नगर्न र स्वास्थ्यको मापदण्ड पालना गर्ने गरी निर्णय सार्वजनिक गरेका छन् । जिल्लाका सबै विद्यालय बन्द छन् । पूर्व निर्धारित सबै परीक्षा स्थगित गरिएका छन् । दशवटा पालिकामा कम्तिमा एउटा आइसोलेसन केन्द्र संचालन गर्न भनिएपनि त्यस अनुरुप कार्य हुन सकिरहेको छैन् । 

वैदेशिक मुलुक, भारत र सहरी क्षेत्रबाट गाउँ फर्किएका समेत क्वारेन्टाइनमा बसेका छैनन् । कोरोना लक्षण सहितका विरामी स्वास्थ्य संस्थामा पुगेपनि स्वाब संकलन गर्ने व्यवस्था मिलाइएको छैन ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.