बुढो उमेर
मानिस बुढो भएपछि
धेरैले पढ्दा पढ्दा पानाहरू दोब्रिएका
जसको महत्व बुझ्दैन मानिस
किनकि पुस्तकको गाता
चाउरिएको देखिन्छ, खुइलिएको देखिन्छ
‘एन्टिक’झैं देखिन्छ कुनै संग्रहालयभित्रको
जसलाई थोरैले मात्र बुझ्छन्
र पल्टाएर पढ्छन् होसियारीपूर्वक !
शास्त्रको किताबजस्तै,
दर्शनको ठेलीजस्तै
र वेदजस्तै देखिन्छ
बुढो उमेर !