माटोलाई माया
माटोलाई माया गरी हाँस्न जाने पुग्छ
लालीगुराँस फुल्ने पाखो हाम्रो भने पुग्छ
जन्मिएको थलोलाई ढोगिदिए पुग्छ
मनहरू शान्तितर्फ मोडिदिए पुग्छ ।
चन्द्र–सूर्य झन्डा बोकी नाँचिदिए पुग्छ
मनभरी स्वदेशलाई साँचिदिए पुग्छ ।
विभाजनका रेखा कोर्न छोडिदिए पुग्छ
मर्नलाई यही देश रोजीदिए पुग्छ ।