करफोकमा साहित्यिक जमघट

करफोकमा साहित्यिक जमघट

करफोक : २००९ सालमा नेपालमा पहिलो राष्ट्रिय कवि गोष्ठी तथा बौद्धिक सम्मेलन भएको इलामको करफोक माध्यमिक विद्यालयमा साहित्यिक कार्यक्रमको आयोजना गरिएको छ। कार्यक्रममा काठमाडौंबाट आएका गीतकार कवि युवराज अधिकारी, विश्वविमोहन श्रेष्ठ र लव गाउँलेलाई सम्मान गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राई थिए भने कार्यक्रमको अध्यक्षता विद्यालय सञ्चालक समितिका अध्यक्ष अर्जुन निरौलाले गरेका थिए। 

विद्यालयका प्रधनाध्यापक गणेशप्रसाद आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा करफोक एवम् छिमेकी विद्यालयका शिक्षक तथा विद्यार्थीले गीत, गजल, मुक्तक, कविता प्रस्तुत गरेका थिए। स्थानीय कविहरू नरहरि शर्मा, गणेश निरौला,  डीपी वास्तोला, लता गौतम अधिकारी, रीना राईसमेतले हस्यव्यंग्य कविता, मुक्तक, गजल वाचन गरे। स्थानीय गायक पूजन प्रधानले गीतकार युवराज अधिकारीको देउरालीको फूल एल्बमको ‘विश्वास गर आफैंलाई गीत गाए। गीतकार/कवि युवराज अधिकारी, विश्वविमोहन श्रेष्ठ र लव गाउँलेले कविता तथा मुक्तक वाचन गरे।

कवि विमल वैद्य तथा साहित्यकार केदार शर्माको सक्रिय सहभागिता रहेको कार्यक्रममा विद्यालयका तर्फबाट नृत्य तथा कराँते कौशलसमेत प्रस्तुत भएको थियो। 

सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईद्वारा कवि युवराज अधिकारीलाई नगरपालिकाका  तर्फबाट सम्मानित गरे। ऊक्त कार्यक्रममा गीतकार अधिकारीले आफ्नो एल्बम ‘देउरालीको फूल’ बिक्रीबाट संकलित रकम र त्यसमा केही थप गरी दुई लाखको अक्षय कोष खडा गरी त्यसबाट प्राप्त हुने रकमबाट सूर्योदय नगरपालिका क्षेत्रभित्रका साहित्य तथा संगीतका प्रतिभालाई निकट भविष्यमा पुरस्कृत गरिने बताए। करिब चार घन्टासम्म चलेको कार्यक्रम साहित्यकार एवं स्कुल शिक्षक सुवास राईले सञ्चालन गरेका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.