कोरोनाका कारण भारतीय कलाकार बिक्रमजीतको निधन
नयाँदिल्ली: भारतीय अभिनेता बिक्रमजीत कंवरपालको कोरोना संक्रमणका कारण निधन भएको छ ।
५२ वर्षको उमेरमा शुक्रबार उनको निधन भएको हो । विभिन्न चलचित्र र टेलिभिजन सिरियलमा काम गरिसकेका उनी अवकाश प्राप्त सैन्य अधिकृत समेत हुन् ।
२००२ मा भारतीय सेनाको मेजर पदबाट अवकाश लिएपछि बिक्रमजीत बलिउडमा प्रवेश गरेका थिए । बिक्रमजीतले ‘प्रेम रतन धन पायो’, ‘अतिथी तुम कम जाओगे’,‘जब तक है जान’, ‘पेज ३’, ‘पाप’, ‘करम’ जस्ता चलचित्रमा अभिनय गरेका छन् ।
साथै ‘२४’सहित ‘किस्मत’, ‘नमक हराम’, ‘अदालत’, ‘दिया और बाती हम’sv लगायत टेलिभिजन सिरिजमा पनि अभिनय गरेका थिए । कोरोनाभाइरसको नयाँ लहरले भारतलाई नराम्ररी प्रभावित बनाएको छ । ठूलो संख्यामा जनधनको क्षति हुनुका साथै उपचारमा समेत समस्या देखिएको बताइएको छ ।