भारतलाई डा फाउचीको सुझाव: तत्काल लकडाउन लगाउनू, सेनाको मद्दत लिनू !

भारतलाई डा फाउचीको सुझाव: तत्काल लकडाउन लगाउनू, सेनाको मद्दत लिनू !

नयाँदिल्ली: प्रसिद्ध महामारी विशेषज्ञ तथा अमेरिकी राष्ट्रपति जो बाइडनले नेतृत्व गरेको प्रशासनका चिकित्सा सल्लाहकार डा. एन्थोनी फाउचीले कोरोना संक्रमणले भारतमा पारेको असरप्रति चिन्ता व्यक्त गर्दै केही सुझाव समेत दिएका छन् ।

सङ्क्रमण रोक्न भारतले तत्काल केही हप्ताका लागि लकडाउन गर्न जरुरी रहेको फाउचीको सुझाव छ । जसले गर्दा भारतमा फैलिरहेको सङ्क्रमणको साङ्लो (चेन) तोड्न सकिने उनले बताए।

भारतीय सञ्चार माध्यम इन्डियन एक्सप्रेससँग दिएको अन्तर्वार्तामा फाउचीले यस्तो सुझाव दिएका हुन् । फाउचीले चीन र अमेरिकाले कसरी संक्रमणविरुद्ध लडे भन्ने सन्दर्भ जोड्दै भारतले पनि खोप अभियानलाई विस्तार गरी अस्थायी अस्पताल निर्माण गर्नसक्ने प्रतिक्रिया दिए ।

साथै सेनालाई समेत परिचालन गर्नसक्ने उनको सुझाव थियो । यस महामारीलाई एक युद्धसँग तुलना गर्दै युद्धमा तयार पारिने अस्थायी अस्पताल जस्तै गरी काम गर्न सकिने उनको तर्क छ ।

भारतले यो अवस्थाबाट निस्कन तत्कालीन, मध्यकालीन अनि दीर्घकालीन रुपमा महत्त्वपूर्ण कदम उठाउनुपर्ने उनको भनाइ थियो । डा. फाउची अमेरिकाका प्रमुख सङ्क्रामक रोग विशेषज्ञ हुन्। उनले अमेरिकाका सातजना राष्ट्रपतिसँग काम गरिसकेका छन्।

भारतमा जम्मा २ प्रतिशले मात्रै खोप लगाएको अवस्थाप्रति पनि उनले चिन्ता व्यक्त गरेका थिए । खोप लगाउने क्रमलाई बढाउनुपर्ने उनको सुझाव थियो । जबकि भारत सबैभन्दा धेरै खोप उत्पादक देशमा पर्छ ।

'मलाइ लाग्छ यस्तो एक आयोग वा आपत्‌कालीन समूह बनाउनुपर्छ जसले अक्सिजन प्राप्त गर्ने र अन्य कुराहरू आपूर्ति गर्ने, चिकित्सकीय उपकरण र औषधि प्राप्त गर्ने जस्ता विषयमा योजना बनाउन सकोस्। यसका लागि अन्य देशहरू र विश्व स्वास्थ्य सङ्गठनको सहयोग लिन सकिन्छ' डा फाउचीले भनेका छन्, 'अन्य राष्ट्रहरू भारतको मद्दतका लागि अगाडि सर्नुपर्छ किनभने यसअघिको सङ्कटका बेला भारतले अन्य देशहरूलाई सहयोग गर्ने कुरामा निकै उदारता देखाएको थियो।'

भारतले पनि चीनको जस्तै मध्यकालीन उपाय अपनाउन सक्ने उनको सुझाव थियो । डा फाउचीले भनेका छन्, 'तपाईँलाई याद होला चीनले केही दिनदेखि केही हप्ताभित्र अस्थायी अस्पताल तयार गरेको थियो जसलाई देखेर पूरै दुनियाँ अचम्ममा परेको थियो। भारतमा पनि मानिसहरू अस्पताल र उपचार खोजिरहेका छन्। दोस्रो कुरा तपाईँ सरकारका विभिन्न समूहलाई परिचालन गर्न सक्नुहुन्छ। जस्तो कि के सेनाले यसमा मद्दत गर्न सक्छ? यसमा अमेरिकाजस्तै तपाईँ तुरुन्त सेनाको मद्दत लिन सक्नुहुन्छ। खोप वितरणमा अमेरिकाले न्याशनल गार्ड्सको मद्दत लिएको थियो। मलाइ लाग्छ यस विषयमा गम्भीर रूपमा विचार गरिनुपर्छ। युद्धका बेला 'फिल्ड अस्पताल' जसरी बनाउँछन् त्यसैगरी अस्पताल बनाउन तपाईँ उनीहरूको मद्दत माग्न सक्नुहुन्छ। यो युद्धजस्तै अवस्था हो जसमा भाइरस तपाईँको दुश्मन हो।'

यस्तै दीर्घकालीन उपायका रूपमा मानिसहरूलाई खोप लगाउने काम बढाउनुपर्ने उनले बताए । भारतजस्तो देशमा अहिलेसम्म दुई प्रतिशत मानिसहरूलाई मात्रै पूर्ण रूपमा खोप लगाइएकोमा उनले 'निकै गम्भीर स्थिति' को रुपमा व्याख्या गरेका थिए ।

पछिल्लो समय भारतलाई कोरोनाभाइरसको नयाँ लहरले नराम्ररी प्रभावित पारेको छ । एकै दिन लाखौँको मृत्यु हुनुका साथै बिरामीहरुले समेत उपचारका लागि अस्पताल पाउन सकिरहेका छैनन् । भारतको पछिल्लो अवस्थाप्रति अन्य देशहरुले समेत चिन्ता व्यक्त गरेका छन् ।
 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.