दाङमा कारभित्र मृत भेटिएका तीनै बालकको पहिचान खुल्यो

दाङमा कारभित्र मृत भेटिएका तीनै बालकको पहिचान खुल्यो

दाङ : दाङको तुलसीपुरमा पार्किङ गरेर राखेको कारभित्र मृत अवस्थामा फेला परेका तीनजना बालकको पहिचान खुलेको छ । उनीहरू तुलसीपुर उपमहानगरपालिका ६ बरुवागाउँका रहेको खुल्न आएको प्रहरीले बताएको छ ।  मृतकमध्ये दुईजना सहोदर दाजु भाइका छोराहरु हुन् ।

बरुवागाउँ निवासी किरण परियारका छोरा ६ वर्षीय करण परियार, सोही ठाउँकै सञ्तोष परियारका छोरा ७ वर्षीय सुवाश भनिने सुवर्ण परियार र सोही ठाउँकै भीमबहादुर परियारको छोरा ९ सन्दिप परियार रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिबबहादुर सिंहले जानकारी दिए ।

शव पोष्टमार्टमका लागि शनिबार राति अबेर तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा लगिएको हो । घटनाको अनुसन्धानका लागि कुकुरसहितको विशेष टोलीले अनुसन्धान थालेको छ ।  नेपालगञ्जबाट आएको कुकुरसहितको प्रहरीको विशेष टोलीले घटनाको अनुसन्धान सुरु गरेको दाङका एसपी गणेश चन्दले जान्कारी दिए ।

तुलसीपुर उपमहानगरपालिका–६ स्याउली बजार नजिक भारतीय नम्बर प्लेटको कारमा शनिबार बेलुका तीनवटा शव फेला परेको थियो । पार्किङ्ग गरिएको भारतीय नम्बर प्लेट जे ०१सिसि ०८८५ नम्बरको निशानको कारभित्र शव भेटिएको हो । आफन्तका अनुसार ती बालक वैशाख १६ गतेदेखि हराइरहेका थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.