अष्ट सिद्धिका ज्ञाता हनुमान
ठुलो तपस्या गरेर बडो कष्टका साथ जन्मिएका हनुमान बाल्यकालमा साह्रै पुल्पुलिएका थिए । हनुमान बाल्यकालदेखि नै अत्यन्त मेधावी र बलशाली थिए
अष्टचिरञ्जीवीमध्ये त्रेतायुगका चिरञ्जीवी हुन् हनुमान। उनका पिताको नाम केसरी र माताको नाम अञ्जनी थियो। सबै ग्रन्थ पुराणहरूमा उनीहरूलाई वानर जातिका थिए भनी उद्धृत गरिएको छ। जनावर बाँदर र वानर झट्ट सुन्दा उस्तै उस्तै लागे पनि यिनीहरू एक आदिवासी मानिस नै थिए न कि जंगली जनावर। यद्यपि हनुमानजीलाई चित्रित गर्ने क्रममा उनलाई जंगली जनावर बाँदरकै रूपमा चित्रित गरिन्छ जुन सर्वथा न्यायोचित होइन। उनी आदिवासी नै थिए किनभने उनका पुर्खा मातग ऋषिका वंशज हुन् भन्ने जनविश्वास छ।
हनुमानजीको जन्म भातग ऋषिको आश्रममा भएको थियो पनि भनिन्छ। आदिवासी समुदायका राजा केशरी र रानी अञ्जनीका धेरै वर्षसम्म सन्तान भएनन्। राजा केशरी र रानी अञ्जनीको सन्तान नभएपछि उनीहरू धेरै दुःखी भए। उनीहरूले सन्तान प्राप्तिका लागि महादेवको धेरै वर्षसम्म तपस्या गरे। महादेव प्रसन्न भएर वरदान माग्न भन्नुभयो। उनीहरूले सन्तान प्राप्तिको वर मागे। महादेवजीले पवनदेवले यो समस्याको समाधान गर्नेछन् भनेर अन्तरध्यान हुनुभयो। कैलाश पुगेपछि आफ्नो सुवन अर्थात् वीर्य पवनदेवसित पठाइदिनुभयो।
पवनदेवको उपचारपश्चात् माता अञ्जनीको गर्भ रह्यो, जसबाट हनुमानजीको जन्म भएको भनिन्छ। भारतका प्रसिद्ध कवि तुलसी दासले हनुमान चालिसामा लेख्नुभएको छ, ‘शंकर सुवन केशरी नन्दन’ भनेर। त्यसैगरी उनलाई, ‘अञ्जनी पुत्र पवन सुतनामा’ पनि हनुमान चालिसामै लेखिएको छ। यो दोहाअनुसार उनका बाबुबारे धेरैलाई अन्योल भएको पनि हुनसक्छ। शंकर सुवन भन्नुको तात्पर्य भगवान् शंकरको वीर्यबाट जन्मिएकाले उनलाई भगवान् शंकरको पुत्र भनिन्छ भने पवन सुत अर्थात् पवनको छोरा भनिएको हुनाले केही अन्योलता सिर्जना हुनु स्वाभाविक हो।
अष्ट सिद्धि र नवनिधिका ज्ञाता भएकाले हनुमानले जतिखेर जे गर्न पथ्र्यो, सबै गर्न सक्थे। यिनै ज्ञानको सहायताले उनले माता सीताबारे पत्ताा लगाएर रामलाई सुसूचित गरे भने लक्ष्मणलाई सञ्जीवनी बुटी ल्याएर जीवितसम्म पारेका थिए। रावणको लंका जलाएर आए, लक्ष्मणलाई बचाएर अनि उडेर समुद्र पार गरे।
हामीले यो घटनालाई आजको आधुनिक विकसित चिकित्सा शास्त्रसित जोडेर अथ्र्याउँदा यो कुरो स्पष्ट हुन्छ। पवन कुनै हावा अर्थात् वायु नभएर तात्कालीन समाजका प्रसुतिविज्ञ थिए। उनले शंकरजीको वीर्यलाई रानी अञ्जनीको गर्भमा प्रत्यारोपण गरेका थिए जसको फलस्वरूप श्री हनुमानजीको जन्म भएको थियो। उनका पालनकर्ता आमाबावु रानी अञ्जनी र राजा केसरी नै हुन्।
मातंग ऋषिकी पुत्री देवी मातंगी थिइन् भन्ने पनि गरिन्छ। देवी मातंगी दश महाविद्यामध्ये नवौं स्थानकी देवी थिइन्। बुद्ध धर्मावलम्बीले पनि माता मातंगीलाई पूजा गर्ने गर्छन्। भारतको गुजरात, महाराष्ट्र, कर्णाटक र केरलामा मातंग समाजका मान्छे अझै छन्। भनिन्छ, मातंग, मेघवाल र किराँत समाजको पूर्वज ऋषि मातंग नै थिए। कर्णाटकको पम्फा सरोवरनजिक मातंग ऋषिको आश्रम भएको विश्वास गरिन्छ। शवरीले पनि यिनै मातंग ऋषिबाट शिक्षा पाएकी थिइन्। यिनै मातंग ऋषिको आश्रममा हनुमानजीको जन्म र शिक्षादीक्षा भएको थियो। वाल्यकालमै भूतपे्रतबाट आतंकित व्यक्तिहरूको यिनले उद्धार गरेका थिए। बाल्यकालदेखि नै उनी अत्यन्त सहयोगी र परोपकारी थिए।
ठुलो तपस्या गरेर बडो कष्टका साथ जन्मिएका हनुमान बाल्यकालमा साह्रै पुल्पुलिएका थिए। जसका कारण उनले उनेक उपद्रव पनि गरेका थिए भन्ने भनाइ छ। उनले तपस्यामा बसेका ऋषिहरूको तपस्या भंग गर्ने, आश्रममा फलेका फलहरू खाइदिने गरेर ऋषिहरूलाई धेरै सताएका थिए। यही क्रममा भनिन्छ उनले सूर्यलाई फल ठानेर खान जाँदा इन्द्रले आफ्नो वज्रले प्रहार गरेपछि उनी मृतप्रायः भएका थिए। त्यो थाहा पाएर पवनदेव रिसाए र चारैतिरको वायु रोकिदिए। यो देखेर सबै देवता डराए। उनलाई जीवित बनाएर चिरञ्जीवी हुने वरदान दिएका थिए।
हनुमान बाल्यकालदेखि नै अत्यन्त मेधावी र बलशाली थिए। उनी साह्रै सहयोगी स्वभावका पनि थिए। उनले मातंग ऋषि सूर्य र नारदवाट पनि शिक्षा पाएका थिए। सूर्यले उनलाई राम्रो कुरा ग्रहण गर्ने, नराम्रो कुरा छोड्ने अनि जस्तो विपद् परे पनि हिम्मत नहार्ने र कर्तव्यनिष्ठ हुने कुरा सिकाएका थिए। उनलाई तुलसीदासले अष्टसिद्धि, नवनिधिका दाता भनेका छन्। अर्थात् यी दुई विद्यामा पनि उनी पारंगत थिए। प्रसिद्ध ग्रन्थ रामायणमा सीतालाई खोज्दै समुद्र पारी जानुपर्ने थियो। त्यति वेला माता सीता लंकामा भए नभएकोपुष्टि भएको थिएन पुष्टि भएको थिएन न त सेतुबन्ध नै निर्माण भएको थियो। अष्टसिद्धिमध्येको प्राकाम्य सिद्धिको ज्ञाताले आफ्नो शरीरलाई चाहे जति हलुको बनाएर आकाशमा उड्न सक्छ। जुन कुरा जाम्बवानले हनुमानलाई सम्झाए। त्यसपछि उनलाई आफ्नो क्षमता स्मरण भयो र उनी उडेर लङ्का गए। त्यहाँ पुगेर उनले सीता माताको बारेमा जानकारी प्राप्त गर्नसके। उनले भगवान् रामको आज्ञाले पम्फापुर गएर राजा सुग्रिवसित सन्धि गरे। उनलाई सुग्रिवले आफ्नो सचिव बनाए। उनलाई संगीतको पनि ज्ञान थियो।
आफ्नो ज्ञान बिर्सिनुको कारणबारे पनि केही घटना जोडिएको छ। केहीको भनाइअनुसार उनको उपद्रवबाट आतिएका उनका गुरुले उनले जानेको विद्या बिर्सिने श्राप दिए। अर्को भनाइअनुसार उनी अत्यन्त मेधावी थिए। फलस्वरूप उनका इष्र्यालु साथीहरूले गुरुलाई उनीविरुद्ध भ्रामक कुरा लगाएर उकासे। त्यसैले भृगुवंशीले उनलाई आफूले जानेका बिर्सिने श्राप दिएका थिए। जेहोस् उनीमाथि यो घोर अन्याय भएको थियो। पछि धेरै अनुनय विनय गरेपछि कसैले सम्झाएमा उनले पुनः आफ्नो ज्ञान सम्झने वरदान दिए। त्यसैकारण उनलाई उनको ज्ञान सम्झाउनुपर्ने भएको हो भनिन्छ।
रामायणमा लेखेअनुसार उनले उडेर समुद्र पार गरेका थिए। उड्ने क्रममा सुरसा नामकी राक्षसी आएर उनलाई खान खोजी। उनले फर्केर आफ्नो प्रिय रामलाई खबर दिएपछि मार्नुसमेत भने तर उसले मानिन। उनलाई खान भनेर जब उसले मुख बाई उनी भुसुनाजस्ता साना भएर उसको शरीरमा पसेर निस्केका थिए। यो सुन्दा र पढ्दा सबैले यो घटनालाई काल्पनिक र मनोरञ्जनको रूपमा लिने गर्छन् तर त्यसो होइन। उनले गुरुहरूबाट अष्टसिद्धि– अणिमा सिद्धि, महिमा सिद्धि, गरिमा सिद्धि, लघिमा सिद्धि, प्राप्ति सिद्धि, प्राकाम्य सिद्धि इसित्व सिद्धि र वसित्व सिद्धि आदि प्राप्त गरेका थिए। जसअनुसार अणिमा सिद्धिमा पारंगत हुनेले आफ्नो शरीरको आकार चाहेजति सुक्ष्म बनाउन सक्छ।
महिमा सिद्धिबाट आफूलाई चाहे जति विशालकाय बनाउन सकिन्छ। लघिमा सिद्धिबाट शरीरलाई आफूले चाहे जति हलुको बनाउन सकिन्छ। गरिमा सिद्धिबाट शरीरलाई पहाडजस्तो गरुंगो बनाउन सकिन्छ। प्राप्ति सिद्धिबाट आफूले चाहेको जुनसुकै वस्तु प्राप्त गर्न सकिन्छ। साथै पशु भाषा बुझ्न सकिन्छ। अनि भविष्यमा घट्ने घटनाबारे जानकारी प्राप्त गर्न सकिन्छ। प्राकाम्य सिद्धिबाट पातलमा जान सक्ने आकाशमा उड्न सक्ने पानीमा पनि जीवित रहन सक्ने, सधैं युवा भइरहने, इच्छाअनुसार जस्तो पनि देह धारण गर्न सक्ने र कुनै वस्तुलाई चिरकालसम्म प्राप्त गर्न सकिन्छ।
यसैगरी इसित्व सिद्धिबाट दैवीय शक्ति प्राप्त गर्न सक्ने, मृत प्राणीलाई जीवीत गर्न सक्ने, श्रेष्ठ हुन सक्ने र अरूलाई नियन्त्रण गर्न सक्ने हुन्छ। वसित्व सिद्धिबाट जितेन्द्रीय हुन सक्ने र प्राणीलाई आफ्नो वशमा राख्न सक्ने हुन्छ। नवनिधिमा–पद्म निधि, महापद्मनिधि, नीलनिधि, मुकुन्द निधि लघिमा, नन्दनिधि, मकर निधि, कच्छप निधि, शंख निधि र खर्ब निधि आदि सबै श्री हनुमानले प्राप्त गरेका थिए।
यिनै अष्ट सिद्धि र नवनिधिका ज्ञाता भएकाले हनुमानले जतिखेर जे गर्न पथ्र्यो, सबै गर्न सक्थे। यिनै ज्ञानको सहायताले उनले माता सीताबारे पत्ता लगाएर रामलाई सुसूचित गरे भने लक्ष्मणलाई सञ्जीवनी बुटी ल्याएर जीवितसम्म पारेका थिए। यिनै ज्ञान र शक्तिका कारण उनी सुरसावाट जीवित बचे। रावणको लंका जलाएर आए, लक्ष्मणलाई बचाएर अनि उडेर समुद्र पार गरे। यिनै शक्ति र देवताहरूको आशिर्वादले आजसम्म जीवित छन्।