अक्सिजन अभावमा छटपटाउन थाले कोरोना बिरामी

अक्सिजन अभावमा छटपटाउन थाले कोरोना बिरामी

दाङ : दाङको कोरोना विषेश अस्पताल बेलझुण्डीमा  अक्सिजन अभाव भएको छ। अक्सिजन अभावमा  कोरोना भाइरस (कोभिड-१९)  संक्रमित  छटपटाउन थालेका छन् । दुई दिनदेखि अस्पतालमा अक्सिजन अभाव भएको हो। 

अक्सिजन आपूर्ति र व्यवस्थापनमा सरकारले समयमै ध्यान नदिँदा  आइतबार बिहानदेखि अस्पतालमा स्टक सकिएको छ । बिरामी अक्सिजनको अभावमा बेडमै छटपटाउन थालेको अस्पताल प्रशासनले जनाएको छ । अक्सिजन अभाव भएपछि अस्पताल प्रशासन र चिकित्सक चिन्तित  छन् । 

४२ बेडको सो अस्पताल दबाबका कारण एक सय बेडको संचालन गर्ने निर्णय शनिबार मात्रै गरिएको थियो । अहिले अस्पतालमा ५८ बेड छन्।  अस्पतालमा दैनिक डेढ सय सिलिन्डर अक्सिजन खपत हुने गरेको छ। आइतबार बिहानदेखि एक सिलिन्डर पनि अक्सिजन अस्पतालसँग नभएको अस्पतालका व्यवस्थापक दोर्ण बहादुर ओलीले जानकारी दिए।

'शनिबारदेखि प्रदेश सरकार जिल्लामा निकायलाई हारगुहार गरेको भएपनि अहिलेसम्म कसैले सुनेको छैन, उनले भने, ' अक्सिजनको अभावमा बिरामी बेडमा छटपटाइ रहेका छन् । हामीसँग अहिले अक्सिजन शून्य छ । दबाबमा बेड त बढाइयो तर आवश्यक सामग्री व्यवस्थापनमा कसैको चासो भएन । '

अस्पताललाई सय बेडमा संचालन गर्नका लागि दैनिक करिब ४ सय सिलिण्डर अक्सिजन आवश्यक पर्ने व्यवस्थापक वलीले बताए ।अक्सिजन अभाव भएपछि अब अस्पतालका बिरामीको रक्षा भगवान् भरोसा मात्रै छ ।

रित्ता सिलिन्डर। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.