अक्सिजन नपाएर दाङको कोरोना अस्पतालमा बिरामीको मृत्यु
दाङ : दाङको बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा अक्सिजन अभावमा एकजना बिरामीको ज्यान गएको छ । अक्सिजनकै अभावका कारण केहीबेर अघि एकजना कोरोना बिरामीको ज्यान गएको अस्पतालका व्यवस्थापक द्रोणबहादुर वलीले जानकारी दिए।
अक्सिजन अभावले तुलसीपुर उपमहानगरपालिका ९ का ४८ वर्षीय पुरुषको मृत्यु भएको हो । उनी शनिबार एचडीयू बेडमा उपचाररत थिए । त्यहाँ अक्सिजन अभावमा कोरोना भाइरस (कोभिड-१९) संक्रमित छटपटाउन थालेका छन् । दुई दिनदेखि अस्पतालमा अक्सिजन अभाव भएको हो।