अमेरिकालाई उत्तर कोरियाको चेतावनी: निकट भविष्यमा कडा संकट सामना गर्नुपर्नेछ !

अमेरिकालाई उत्तर कोरियाको चेतावनी: निकट भविष्यमा कडा संकट सामना गर्नुपर्नेछ !

सोल: उत्तर कोरियाले अमेरिकाले निकट भविष्यमा नियन्त्रण गर्नै नसक्ने संकटको सामना गर्नुपर्ने भन्दै चेतावनी दिएको छ ।

आइतबार श्रृंखलाबद्ध विज्ञप्ति जारी गर्दै उत्तर कोरियाले यस्तो चेतावनी दिएको हो । विज्ञप्तिमा भनिए अनुसार अमेरिकाले निकट भविष्यमा डरलाग्दो र नियन्त्रण गर्नै नसकिने संकट सामना गर्नुपर्ने बताइएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो कार्यकालको १ सय दिन पूरा भएको सन्दर्भमा बिहीबार संसदलाई सम्बोधन गरेपछि उत्तर कोरियाको यस्तो चेतावनी आएको हो । बाइडेनले सम्बोधनको क्रममा उत्तर कोरियाको आणविक कार्यक्रमको आलोचना गरेका थिए ।

उत्तर कोरियाले भने बाइडेनको उक्त अभिव्यक्तिप्रति आपत्ती जनाउँदै अमेरिकी नीतिको विरोध गरेको छ । आइतबार जारी गरेका विज्ञप्तिमध्ये उत्तरले एउटामा जो बाइडेनको आलोचना गरेको छ ।

बाइडेनले अमेरिकी संसदलाई सम्बोधनको क्रममा उत्तर कोरियाको आणविक कार्यक्रमले अमेरिका र विश्वसामु खतरा उत्पन्न गरेको भन्दै त्यसको आलोचना गरेका थिए ।

उत्तर कोरियाले विज्ञप्तिमार्फत् दक्षिण कोरियालाई पनि कडा चेतावनी दिएको छ । दक्षिण कोरिया अमेरिकाको उक्साहटमा आफूविरुद्ध लागेको आरोप उत्तरले लगाउँदैआएको छ ।

अमेरिकाका पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पको कार्यकालमा उत्तर कोरिया र अमेरिकाबीच वार्ताको पहल भए पनि सफल हुन सकेन । ट्रम्पको कार्यकालमा सुरु भएको संवाद ट्रम्पकै पालामा भंग भएको थियो । बाइडेनले उक्त संवादको श्रृंखलालाई निरन्तरता दिएलान् कि भन्ने अपेक्षा गरिए पनि बाइडेनको कार्यकालको प्रारम्भदेखि नै दुई देशबीच मनमुटाब पहिले झैँ देखिन थालेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.