भक्तपुरमा कोरोनाबाट थप दुईको मृत्यु
भक्तपुर : भक्तपुरमा कोरोना भाइरस संक्रमणको कारण थप दुईजनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार भक्तपुर नगरपालिकाका पुरुष र मध्यपुर थिमि नगरपालिकाकी महिलाको कोरोना भाइरस संक्रमणको कारण मृत्यु भएको हो ।
यससँगै भक्तपुरमा संक्रमणको कारण मर्नेको संख्या एकसय ३१ पुगेको छ । जसमा ८५ पुरुष र ४६ जना महिला रहेका छन् ।कार्यालय प्रमुख कृष्ण मिजारले संक्रमित थप एक पुरुषको मृत्युसँगै भक्तपुर नपाका ४६ जना संक्रमितको मृत्यु जानकारी दिए । यहाँका ३० पुरुष र १६ महिलाले कोरोनाको कारण ज्यान गुमाएका हुन् ।
भक्तपुरका चार नपामध्ये कोरोना भाइरस संक्रमणका कारण सबैभन्दा बढी भक्तपुर नपाकाले ज्यान गुमाएका छन् ।भक्तपुर नपापछि मध्यपुर थिमि नपाका ४४ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ । मध्यपुर थिमि नपाका २९ पुरुष र १५ महिलाले ज्यान गुमाएका छन् ।
सूर्यविनायक नपाका १८ पुरुष र १३ महिला गरी ३१ जनाले संक्रमणको कारण ज्यान गुमाउँदा चाँगुनारायण नपाका ८ पुरुष र २ महिला गरी १० जनाको मृत्यु भएको छ ।
सक्रिय संक्रमित एकहजार ६ सय एक
भक्तपुरमा सक्रिय संक्रमितको संख्या एकहजार ६ सय १ जना पुगेका छन् । नयाँ २ सय ११ जना थपिएसँगै यहाँ सक्रिय संक्रमितहरुको संख्या एकहजार ६ सय एक पुगेको हो । जसमा ८ सय ७९ पुरुष छँदा ७ सय २२ महिला रहेका छन् ।
भक्तपुरका चार नपामध्ये सबैभन्दा बढी मध्यपुर थिमि नपामा ३ सय २५ पुरुष र २ सय ६६ महिला गरी ५ सय ९१ जना सक्रिय संक्रमित रहेका छन् ।मध्यपुर थिमिपछि सूर्यविनायक नपमा २ सय ६६ पुरुष र २ सय २३ महिला गरी ४ सय ८९ जना सक्रिय संक्रमित रहेका छन् ।
स्वास्थ्य कार्यालय प्रमुख मिजारका अनुसार भक्तपुर नपामा एकसय ३५ पुरुष र एकसय १७ महिला गरी २ सय ५२ जना सक्रिय संक्रमित रहेका छन् । चाँगुनारायण नपामा भने ९८ पुरुष र ७२ महिला गरी एकसय ७० जना सक्रिय संक्रमित रहेको उनले बताए ।
उनका अनुसार सक्रिय संक्रमितमध्ये ३९ पुरुष र ४५ महिला गरी ८४ जना अस्पतालको आइसोलेसनमा रहेका छन् । त्यस्तै ८ सय ४० पुरुष र ६ सय ७७ महिला गरी एक हजार ५ सय १७ जना होम आइसोलेसनमा रहेका छन् ।
स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार भक्तपुरमा संक्रमितको संख्या ११ हजार ४ सय ६० पुगेको छ । जसमध्ये ५ हजार ४ सय ७७ पुरुष र ४ हजार २ सय ५१ महिला गरी ९ हजार ७ सय २८ जना डिस्चार्ज भएका छन् ।