कैलालीमा कोरोनाबाट संविधानसभा सदस्यसहित चारजनाको मृत्यु

कैलालीमा कोरोनाबाट  संविधानसभा सदस्यसहित चारजनाको मृत्यु

धनगढी : कोरोनाका कारण कैलालीमा संविधानसभा सदस्य रबनीदेवि चौधरीसहित चारजनाको मृत्यु भएको छ । कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ६ बाघमारा की ४४ वर्षीया चौधरीको धनगढीको नवजीवन अस्पतालमा आइतबार दिउँसो मृत्यु भएको हो । उनी २०७० सालको संविधान सभा सदस्य हुन । उनलाई, मृगौला र कलेजोको समस्या रहेको अस्पतालले जनाएको छ ।

यस्तै धनगढीको कैलाली अस्पतालमा पनि बैतडीको दसरथ चन्द नगरपालिकाका ३३ वर्षीय एक पुरुषको आइतबार बिहान साढे ६ बजे ज्यान गएको छ । उनलाई कञ्चनपुरको महाकाली अस्पतालमा अक्सिजन सकिएपछि शनिबार राति कैलाली अस्पताल ल्याइएको थियो ।

भारतबाट फर्केका उनी वैशाख १ गते कञ्चनपुरको सीमा नाका गड्डाचौकीमा गरिएको एन्टिजेन परीक्षणमा कोरोना पोजिटिभ देखिएको थियो। । उनलाई त्यही दिन महाकाली अस्पतालमा भर्ना गरिएको थियो ।

सरकारी अस्पतालमा बिरामीको चाप बढेपछि शुक्रबारदेखि कैलालीका निजी अस्पतालले पनि कोरोनाका बिरामीको उपचार सुरु गरेका छन्। यस्तै सेती प्रादेशिक अस्पतालमा पनि आइतबार दुईजनाको ज्यान गएको छ । अस्पतालका प्रवक्ता दिलिप श्रेष्ले दिएको जानकारी अनुरा धनगढी उपमहानगरपालिका ५ की ३५ वर्षीया महिला र धनगढी उपमहानगरपालिका ३ की ३८ वर्षीया महिलाको ज्यान गएको हो । 

सेती प्रादेशिक अस्पतालमा ५५ शह्याको क्षमतामा ६३ जना भर्ना भएका छन्। तीनजना भेन्टिलेटर, १ जना आइसीयु, ३८ जना अक्सिजन सपोर्ट र ५ जनालाई चाहिएको बेला अक्सिजन दिने गरी राखिएको प्रवक्ता श्रेष्ठले बताए ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.