चट्याङमा परी दुई महिनाको बच्चासहित सात घाइते

चट्याङमा परी दुई महिनाको बच्चासहित सात घाइते

रोल्पा: रोल्पामा चट्याङमा परेर आइतबार साँझ २ महिनाको बच्चा सहित सात जना घाइते भएका छन् ।

परिवर्तन गाउँपालिका-६ बाबियाचौरका ७८ वर्षीय भीमबहादुर बुढामगरको घरमा परेको चट्याङले सातैजना घाइते भएका हुन् ।

घरमा जडान गरिएको बिजुलीको मिटर बक्समा चट्याङ पर्दा भीमबहादुरका एकाघरका पाँच र छिमेकी दुईजना घाइते भएको जिल्ला प्रहरी प्रमुख एवं प्रहरी नायव उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

दुई वर्षका एक बालक, ३ वर्षका आयुष बुढामगर र १३ वर्षका पृथ्वी बुढामगरको अवस्था गम्भीर रहेको बताइएको छ । प्रनाउ सुवेदीका अनुसार घाईते ६ जनालाई उपचारका लागि रोल्पा अस्पताल रेउघा ल्याउँदैछन् ।

भिमबहादुरको अवस्था सामान्य रहेकाले गाउँमै छन् । पानी परिरहेको वेला घरमा ओत लाग्न गएका छिमेकी जुनमाया बुढामगर र आयुष पनि घाइते भएका हुन् । स्थानीयहरुका अनुसार साँझ ५:३० बजे चट्याङ परेको थियो।

बैशाख १६ र १७ मा पूर्वी र दक्षिणी रोल्पामा चट्याङमै परेर दुईजनाको मृत्यु भइसकेको छ । सुनछहरी गाउँपालिका-७ जेलबाङका ९ वर्षीय अभिषेक पुन र रुन्टिगढी गाउँपालिका-९ पलासेनीको १२ वर्षीया सुष्मा नेपालीको ज्यान गएको हो ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.