२२ विधामा फेसन अवार्ड

२२ विधामा फेसन अवार्ड

काठमाडौं : राजधानीमा सम्पन्न एउटा अवार्ड समारोहमा फेसन, मोडलिङ अनि सुन्दरताको क्षेत्रमा कार्यरत विभिन्न व्यक्तित्वहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ। 

नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त अवार्ड समारोह स्टार वन इन्टरटेनमेन्टको आयोजना र विलक्षण क्रियसनको व्यवस्थापनमा भएको थियो। 

कार्यक्रममा सर्वोत्कृष्ट फेसन तथा पेजेन्ट कोरियोग्राफर अफ दि इयर अश्विनीकान्त झा, बेस्ट पेजेन्ट डिरेक्टर अफ दि इयर (मेल) निशु कान्तझा, बेस्ट पेजेन्ट डिरेक्टर अफ द इयर (फिमेल) प्रतिमा कार्कीले पुरस्कार थापे।

यसैगरी हेयर स्टाइलिस्ट रीना अवाले, मेकअप आर्टिस्ट गीता पौडेल, र्‍याम्प मोडल एन्जल श्रेष्ठ, र्‍याम्प मोडल (बाल) जियान श्रेष्ठ तथा इन्टरनेसनल उमन एचिभर मनीषा डंगोल, पेजेन्ट मोडल (मोफसल) आकांक्षा विश्वकर्माले पुरस्कार जिते। 

पेजेन्ट मोडल (मिसेस) सनी लिम्बू, फेसन मोडल (पुरुष) ओजस्वी थापा, र्‍याम्प डेब्यु मोडल (महिला) निरिश्ना दली श्रेष्ठ, फेसन मेकअप (महिला) प्रमिला श्रेष्ठ, फेसन डिजाइनर ममता गुप्ता, फेसन डिजाइनर (मोफसल) सपना तिवारी, इभेन्ट कोअर्डिनेटर रवीन श्रेष्ठ, इभेन्ट म्यानेजर मञ्जु श्रेष्ठ, पेजेन्ट अर्गनाइजर सागर आचार्य, फेसन म्युजिक कम्पोजर सुशीलराज गौतम, बेस्ट कम्युनिटी ब्युटी पेजेन्ट अर्गनाइजर राजन रौनियार, बेस्ट फिमेल इभेन्ट अर्गनाइजर शान्ताकुमारी तामाङ तथा इभेन्ट म्यानेजमेन्ट कम्पनी आर एनआर ग्रुपले आफूलाई अब्बल सावित गरे। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.