स्थानीय तहमा छैन तैयारी

स्थानीय तहमा छैन तैयारी

जनकपुरधाम : कोरोना कहर दोस्रो चरणमा अझ भयावह भएको छ। संक्रमितहरूको संख्या तीव्र गतिमा बढ्दै छ। तर, स्थानीय तहमा महामारीलाई थेग्ने तयारी भने शून्य प्राय: छ।

धनुषामा १८ वटा स्थानीय तहमध्ये अधिकांशमा महामारीबाट जोगिन नत कुनै योजना छ नत कुनै तयारी नै। भारतीय सीमा क्षेत्रबाट दिनहुँ चोरबाटो हुँदै सर्वसाधारण आउजाउ गर्ने क्रम जारी छ।  भारतबाट आएर सोझै क्वारेन्टाइन नबसी गाउँ बस्तीमा सर्वसाधारण घुलमेल हुँदा संक्रमणको दर अझ उच्च भएको छ।

पहिलो चरणको महामारीका बेला प्रत्येक स्थानीय तहले क्वारेन्टाइनको बन्दोबस्त मिलाइएको थियो। तर, यसपटक कुनै पनि पालिकामा क्वारेन्टाइनको व्यवस्था हालसम्म नरहेको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोला बताउँछन्। ‘स्थानीय तहमा जनप्रतिनिधिहरूले संक्रमण रोक्न खासै पहल गरेको देखिएन्। भारतबाट आउनेहरू सोझै घर गएर बसेका छन्। संक्रमणका लक्षण देखिएकाहरू पनि समाजमा घुलमिल भएका छन् यसले अवस्था झनै विकराल बनाएको छ,’ बाँस्तोलाले भने, ‘अब पनि ढिला नगरी स्थानीय स्तरमा क्वारेन्टाइनको व्यवस्था मिलाउन र बाहिरबाट आएकाहरूको पहिचान गरी स्वाब कलेक्सनका लागि पठाउन जनप्रतिनीधिहरू लागि पर्नु आवश्यक छ।’

गत वर्ष महामारीबाट जोगिन जनकपुरधाम उपमहानगरपालिकाले जनकपुरको गोपाल धर्मशालामा सय बेडको क्वारेन्टाइन सञ्चालन गरेको थियो। तर, यसपटक भने उपमहानगरपालिकाको कुनै तयारी छैन्। ‘हामीसँग सीमित स्रोतसाधन छ चाहेर पनि धेरै थोक गर्न सकेका छैनौं,’ जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह भन्छन्, ‘संक्रमण रोकथामका लागि सम्पूर्ण तयारी र बन्दोबस्त संघीय सरकारले गर्नुपर्दछ।’

ग्रामीण क्षेत्रमा जनचेतना अभावका कारण महामारीको जोखिम अझ बढेको हंसपुर नगरपालिकाका मेयर रामज्ञान मण्डल बताउँछन्। ‘हामीले नगरपालिकामा १० शैय्याको स्थायी कोभिड अस्पताल तयारी अवस्थामा राखेका छौं। उपलब्ध साधन स्रोतलाई प्रयोग गरी नगरपालिकावासीहरूलाई महामारीसँग जुध्न सक्दो सहयोग गर्न तत्पर छौं,’ मण्डल भन्छन्, ‘विकास निर्माणका कार्यहरूमा पनि स्वास्थ्य मापदण्डको पूर्ण पालना गरिएको छ।’

जिल्लाभरिमा हाल प्रादेशिक अस्पताल जनकपुरमा मात्र ६२ बेडको आइसोलेसन वार्डको बन्दोबस्त छ। प्रादेशिक अस्पतालबाट सञ्चालित कोभिड अस्पतालमा बिरामीको चाप बढ्दै गएपछि मणिपाल मेडिकल कलेजको निर्माणाधीन प्रयोगविहीन भवनलाई संक्रामक रोग ऐन २०२० बमोजिम प्रदेश सरकारले प्रकोप अवधिभर स्वामित्वमा लिई आवश्यक पूर्वाधार निर्माण गरी कोभिड अस्पताल सञ्चालनमा ल्याउन प्रदेश २ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अनुरोध गर्ने निर्णय जिल्ला कोभिड विपद् व्यवस्थापन समिति धनुषाले गरेको छ।

साथै संक्रमण रोकथामका लागि २१ गतेदेखि ३१ गतेसम्म जिल्लाभरि निषेधाज्ञासमेत लागू गरिएको प्रजिअ बाँस्तोलाले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.