श्रीलंकामा हवाई यात्रामा कडाई, बिमानमा ७५ यात्रु मात्र उड्न पाउने
श्रीलंकाले सोमबार बिहानदेखि लागू हुनेगरी दुई साताका लागि हवाई यात्रामा थप कडाई गरेको छ । श्रीलंकाली हवाई उड्डयन प्राधिकरणकाअनुसार हवाई यात्रा गर्दा बिमानले एक पटकमा ७५ जना भन्दा बढी यात्रु बोक्न पाइने छैन । प्राधिकरणले सबै विमान कम्पनीहरुलाई सरकारको निर्णय बारे जानकारी गराइसकेको छ ।
यसैबीच, श्रीलंकामा पछिल्ला दिनहरुमा कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै बढेको छ ।
श्रीलंकामा आइतबार हालसम्मकै उच्च संख्यामा कोरोना संक्रमित भेटिएका छन्। श्रीलंकाली स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार ८०० जनामा कोरोना पुष्टि भएको छ । यो सहित श्रीलंकामा कोरोना भाइरसका संक्रमितको संख्या एक लाख १२ हजार पुगेको छ ।