भारतमा कोरोनाबाट थप १० नेपालीको मृत्यु

भारतमा कोरोनाबाट थप १० नेपालीको मृत्यु

काठमाडौं : विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरस(कोभिड १९)ले भारतमा यस साता थप १० नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता भारतमा थप १० जनासहित विदेशमा ११ नेपालीको निधन भएको छ । संघका अनुसार हालसम्म भारतमा मात्रै संक्रमणका कारण ज्यान गुमाउने नेपालीको संख्या ७१ पुगेको छ । 

यो साता साउदीमा थप एकजना नेपालीको संक्रमणका कारण ज्यान गएको छ । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिको शनिबार साँझसम्म तयार पारेको तथ्यांक अनुसार भारतसहित विश्वभर २१ मुलुकमा रहेका ३ सय ८२ जना नेपालीको कोभिड १९ का कारणले निधन भएको छ ।   

संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सन्जिव सापकोटाका अनुसार भारत रहेका २० हजार भन्दा बढी नेपालीलाई कोरोना संक्रमण भएको छ । ती मध्ये १७ हजार भन्दा बढी कोरोना मुक्त भएका छन् ।  

संघका अनुसार अहिलेसम्म विश्वका ५४ मुलुकमा ८६ हजार ६ सय ७९ जना नेपालीमा कोरोना संक्रमण भएको छ । ती मध्ये ८२ हजार १ सय ९७ जना कोरोना संक्रमण मुक्त भएका छन् ।  यो साता मलेसिया, भारत, कुवेत, युएई, र साउदी अरेबियामा रहेका नेपालीमा थप कोरोना भाइरसको संक्रमण देखिएको छ ।  

संघका अध्यक्ष पन्तलाई पनि कोरोना

यसैबीच गैरआवासीय नेपाली संघका अध्यक्ष तथा’कोभिड १९’ उच्चस्तरिय समितिका संयोजक कुमार पन्तलाई कोरोना संक्रमण भएको छ । संघको सक्रियतामा निर्माण भएकोगोर्खास्थित एनआरएनए नमुना बस्ती हस्तान्तरण, नेपालमा १० अर्ब लगानी लगायतको परियोजनालाई मूर्तरुप दिन विगत केही सातादेखि नेपालमै रहेका पन्तलाई आइतबार कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।  

कोरोना भाइरस (कोभिड–१९) को लक्षण देखिएपछि पीसीआर परीक्षण गराउँदा ‘पोजेटिभ रिपोर्ट’ आएको संघले जनाएको छ । उनी होम आइसोलेसनमा छन् ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.