म्यानमार प्रदर्शन: सेनाको गोली प्रहारबाट ७ प्रदर्शनकारी मारिए

म्यानमार प्रदर्शन: सेनाको गोली प्रहारबाट ७ प्रदर्शनकारी मारिए

नपिद्व: म्यानमारमा सैन्य कू पछिकै सबैभन्दा ठूलोमध्ये एक भनिएको आइतबारको जनप्रदर्शनमा सेनाले अन्धाधुन्ध गोली चलाएको छ । यस क्रममा सात प्रदर्शनकारी मारिएका छन् ।

स्थानीय मिडियाका अनुसार देशका ठूला सहरमा आइतबार दिनभर विशाल प्रदर्शन भएका थिए । विभिन्न ठाउँमा सेनाले प्रदर्शनकारीहरुलाई लक्षित गरी गोली प्रहार गरेको हो ।

व्यापारिक केन्द्र मानिएको यंगुन सहर र दोस्रो ठूलो सहर मन्डालयमा सेनाको गोली प्रहारबाट २ प्रदर्शनकारी मारिएका छन् । यस्तै वेटलेट सहरमा २ जना मारिएका छन् । एक जना पकान्त सहरमा मारिएको स्थानीय मिडियाले जनाएका छन् ।

म्यानमारमा सैन्य कू विरोधी प्रदर्शन व्यापक बन्दै जाँदा कतिपय स्थानमा प्रदर्शनको नेतृत्व बौद्ध भिक्षुहरुले गरेका छन् भने प्रदर्शनलाई 'विश्वव्यापी म्यानमार बसन्त क्रान्ति' नाम दिइएको छ ।

म्यानमारमा सेनाको अमानवीय र आततायी हमला रोक्न भन्दै नागरिकहरुले विदेशी समुदायसमक्ष अपील समेत गरेका छन् ।

म्यानमारमा निर्वाचित सरकार अपदस्त गर्दै गत फेब्रुअरी १ मा सेनाले शासन हत्याएपछि निरन्तर जनप्रदर्शन भएका छन् । सेनाले आन सान सू ची सहित अन्य थुप्रै नेताहरुलाई पक्राउ गरी संकटकाल समेत लगाएको छ । निर्वाचन गर्ने आश्वासन दिए पनि मिति तोकेको छैन र प्रतिपक्षीसँग संवादको कुनै संकेत देखाएको छैन ।

हालसम्म प्रदर्शनमा सेनाको प्रहारबाट ७ सय ५० भन्दा धेरै प्रदर्शनकारी मारिएका छन् । साथै हजारौँ मानिस थुनिएका छन् ।

म्यानमारमा वर्षौँदेखि युद्धरत सशस्त्र समूहहरुले पनि पछिल्लो समय सेनाविरोधी प्रदर्शनलाई नै साथ दिएका छन् । उनीहरुले कतिपय स्थानमा प्रहरी चौकीमाथि नै आक्रमण गरेका छन् ।

म्यानमारमा सेनाको कदमप्रति विदेशी समुदायले समेत आपत्ति जनाएका छन् । त्यहाँ सेनाले कारवाही रोक्नुपर्ने भन्दै अमेरिका, बेलायत लगायत देशहरुले विरोध जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.